काठमाडौं । नेपाल र श्रीलंका माल्दिभ्समा आजबाट सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् ।
खेल माल्दिभ्सको राजधानी मालेमा नेपाली समय अनुसार राति दश बजे सुरु हुनेछ ।
जेनिशा विकको कप्तानीमा रहेको नेपालका सबै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् ।
जुलाई २३ सम्म हुने प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका र कीर्गिस्तानको सहभागिता रहने छ ।
खेलतालिका अनुसार नेपालले दोस्रो खेल जुलाई १९ मा कीर्गिस्तान तथा तेस्रो खेलमा जुलाई २० मा आयोजक माल्दिभ्सको सामना गर्नेछ ।
आज नै हुने उद्घाटन खेलमा आयोजक माल्दिभ्स र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोली :
जेनिशा विक (कप्तान), अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर, भावना तामाङ, निशा चौधरी, अनुषा चौधरी, मिना सुनार, आरती चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री