काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सिलोङ लाजोङ एफसीसँग खेल्ने भएको छ ।
समूह एफमा रहेको आर्मीले पहिलो खेल सिलोङविरुद्ध २ अगस्टमा खेल्नेछ। दोस्रो खेल एफसी गोवासँग ८ अगस्टमा खेल्नेछ र तेस्रो तथा समूह चरणको अन्तिम खेलमा हैदरावाद एफसीसँग १३ अगस्टमा खेल्नेछ ।
यस प्रतियोगितामा आर्मीले दोस्रोपटक सहभागी जनाउन लागेको हो ।