काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगका लागि छनोट भएको नेपालको नेपाल एपीएफ क्लबको खेल मलेसियामा आयोजना हुने भएको छ ।
लिगको पहिलो संस्करणको ड्र बिहीबार सम्पन्न भएको छ । उद्घाटन सत्रको सुरुवात प्रारम्भिक चरणबाट सुरु हुनेछ जसमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका खेलहरु अगस्ट २५ देखि अगष्ट ३१ सम्म हुनेछन् ।
समूह ुसीु मा रहेको एपिएफले अगस्टमा सुरु हुने एएफसी महिला च्याम्पियन्स लिगको पहिलो संस्करणको प्रारम्भिक चरणमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफएसँग प्रतिस्पर्धा गर्नेछ ।
एपिएफका खेलहरु मलेसियामा हुनेछन् । एएफसी हाउसमा बिहीबार औपचारिक ड्र गरिएको हो । प्रतियोगिताका खेलहरु अगस्ट २५ देखि अगष्ट ३१ सम्म हुनेछन् ।
त्यसपछि समूह विजेताले समूह चरणमा स्थान बनाउनेछन् जहाँ उनीहरूसँग तीन समूहमा विभाजित अन्य आठ क्लबहरू सामेल हुनेछन्।
