काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आइतबार रसियन टोलीसँग हार ब्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपाल ३-० को साझो सेटमा पराजित भयो ।
नेपालले खेल १७-२५, १९-२५, १५-२५ गुमाएको थियो ।
दोस्रो मैत्रीपुर्ण खेल सोमबार हुनेछ। नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल जारी रहेको छ ।
नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेसन्स लिगको तयारीका रूपमा लिएको छ । प्रतियोगिता साउन १९ देखि नेपालमै हुँदैछ ।
प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।
