‘वुल्मरको निधन नभएको भए पाकिस्तान क्रिकेट धेरै फरक देखिने थियो’ पुर्व कप्तान खान

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान युनिस खानले बब वुल्मरको दुखद मृत्यु नभएको भए आज पाकिस्तान क्रिकेट धेरै फरक देखिने बताएका छन् ।

सन् २००४ मा पाकिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका वुल्मरको सन् २००७ को ओडिआई विश्वकपकै क्रममा निधन भएको थियो ।

आयरल्याण्डसँग पराजित भएको एक दिनपछि इङ्ल्यान्डका ५८ वर्षीय पूर्व क्रिकेटर आफ्नो होटलको कोठामा मृत फेला परेका थिए । पछि यो पुष्टि भयो कि वुल्मरको मृत्यु प्राकृतिक कारणले भएको थियो।

पाकिस्तानी एक टेलिभिजनमा बोल्दै युनिसले वुल्मरले आफू जीवित रहेको भए पाकिस्तान क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने बताएका थिए ।

‘मलाई कुनै शंका छैन कि यदि वूल्मर मुख्य प्रशिक्षक भएको भए आज पाकिस्तान क्रिकेट धेरै फरक हुने थियो । र, उनले यसलाई नयाँ उचाईमा पु¥याउने थिए, युनिसले एक पाकिस्तानी टिभी च्यानलमा भने।

‘म बबसँग धेरै नजिक थिएँ र खेल पछि सँगै बसेर क्रिकेटबारे छलफल गर्नु हाम्रो दैनिकी थियो। दुर्भाग्यवश, जुन रात उनी बिते, हामी सँगै बसेनौं किनकि हामी आयरल्याण्डसँग हारेका थियौं, ‘ उनले खुलासा गरे।

‘म पनि डक आउट भएको थिएँ र आफैंसँग धेरै निराश थिएँ। त्यसैले, म आफ्नो कोठामा गएँ र आफैलाई बन्द गरें। अर्को दिन, मैले उनलाई ब्रेकफास्टमा देखेको थिइनँ र पछि हामीले उनको मृत्युको बारेमा थाहा पायौं ।

युनुसले पाकिस्तानका लागि ३८ खेलमा कप्तानी गरेका थिए, जसमा उनको अन्तिम खेल सन् २००९ मा आएको थियो । ४६ वर्षीय उनले वूल्मरको मृत्युले उनको कप्तानीको महत्वाकांक्षामा असर पारेको खुलासा गरे।

उनले वूल्मरको मृत्युपछिका दिनहरूलाई अनुसन्धान अधिकारीहरूले आफुहरुलाई एक अपराधिको जस्तो व्यबहार गरेको बताए ।

‘जिम्बावेसँगको खेल पछि हामीलाई तीन दिनसम्म एक अन्जान आईल्यान्डमा लगेर राखियो,’ कुराकानीका क्रममा युनुसले भने ‘त्यहाँ हामीलाई न कसैसँग भेट्न दिईयो, हामीहरुमाथि पुरै एक अपराधी जस्तो व्यवहार गरियो । जसले गर्दा हामी मानसिक रुपमा निकै नै पिडित भयौ ।’

२०८१ श्रावण ९, बुधबार मा प्रकाशित