काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगको पहिलो खेलमा भ्यानकुभर नाइट्स पराजित भएको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो ।
ब्याटिङमा सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै बलिङमा चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए ।
भ्यानकुभर नाइट्सले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४ दशमलब ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले ३९ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन बनाए ।
उन्मुक्त चन्द २३ आउट रनमा हुँदा रासी भान डार डुसेनले ३१ रन बनाए ।
सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गरे । पाउल भान मिकरेनको अर्को विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले १९ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो ।
भ्यानकुभरका लागि रिजा हेनरिक्स र मुनिर अहमदले समान २३२३ तथा डिवान प्रिटोरियसले १६ रन बनाए । सन्दीप लामिछानेले नौ बलमा १५ तथा युवराज शर्माले १४ बलमा १४ रन बनाए ।
नेशनल्सका लागि जुनैद सिद्धिकीले चार विकेट लिए ।