काभा नेसन्स लिग : नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध

काठमाडौं । नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको पहिलो खेलमा श्रीलंकाको सामना गर्ने भएको छ।

नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग काठमाडौंमा सुरु हुँदैछ । नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।

आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसंघले नेसन्स लिगको लागि तयारी पूरा भएको जनाएको छ।

७ दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन इरान र भारतबीच खेल हुनेछ‌। नेपालले साउन १८ गते भारतसँग, साउन २० गते माल्दिभ्स र साउन २१ गते नेपालले इरानको सामना गर्नेछ।

राउन्ड रोविन‌ लिगपछि अंक तालिकाको‌ पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।

२०८१ श्रावण १२, शनिबार मा प्रकाशित