नेपालको सुखद सुरुआत

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूआत गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सुखद सुरूवात गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो ।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालको दोस्रो खेल शुक्रबार रहेको छ । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ ।

२०८१ श्रावण १७, बिहीबार मा प्रकाशित