काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ ।
आर्मीले जवाहरलाल नेहरु स्टेडियममा मंगलबार भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हाे ।
आर्मीको जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरेका थिए । कार्कीले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै आर्मीको जित निश्चित गराएका थिए ।
समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा एफसि गोवासँग २-१ ले पराजित भएको थियो ।
रंगदाजिद अंक बिहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । रंगदाजिदले पहिले खेलमा सिलाङ लाजोङसँग २-० को हार बेहोरेको थियो । दोस्रो खेलमा गोवासँग ४-३ गोलअन्तरले पराजित भएको थियो ।