काठमाडौं – यही असोज १४ गतेदेखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुन गइरहेको एभरेस्ट महिला भलिबलमा सहभागी ललितपुर क्विन्सले आफ्नो सार्वजनिक गरेको छ ।
क्लबले आज एक विज्ञप्तीमार्फत लागो सार्वजनिक गरेको हो । ललितपुर क्विन्स टिम रुप्से स्पोर्ट्सको स्वामित्वमा रहने छ ।
नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा यस ललितपुर क्विन्सले बलियो प्रस्तुति दिने लक्ष्य सहित उपस्थित जनाउन तयारी थालिसकिएको क्लबले जनाएको छ ।
ललितपुरले नेपालकै उत्कृष्ट लिबेरो सलिना श्रेष्ठको कप्तानीमा टोली निमार्ण गरिरहेको बताएको छ । ललितपुरले उत्सव खड्कालाई आफ्नो टोलीको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले यस लिगको सुरुवातसँगै नेपाली महिला भलिबलको स्तरमा उल्लेख्य सुधार आउनेमा टिम आशावादी रहेको वक्तव्यमा जनाएको छ ।