अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक विक्रेता ३६१ डिग्री सर्व सिद्धी इम्पेक्स प्रा.लि. का बीच सोमबार सम्झौता भएको छ ।
सम्झौता अनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्ने छ ।
टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र प्रा.लि. का निर्देशक सरोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिइयो ।