पुलिसको विजयी सुरुवात

नेपाल पुलिस क्लबले माल्दिभ्समा आजबाट सुरु काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५-१९, २७-२५ र २५- १९ ले तीनवटै सेट जितेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

२०८१ भाद्र ३०, आईतवार मा प्रकाशित