उषा सर्वोत्कृष्ट खेलाडी

नेपाल पुलिस क्लबकि उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्बोत्कृष्ट खेलाडी बनेकि छिन् ।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो । उषाले पुलिस अपराजित रहँदै च्याम्पियन बन्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिईन् ।

त्यस्तै, बेस्ट अपोजिट हिटरमा उषा नै सम्मानित हुदा वेस्ट मिडल ब्लकरमा सुमित्रा रेग्मी पुरस्कृत भईन् । प्रतियोगिताको उत्कृष्ट लिब्रोमा पुलिसकी शान्तीकला तामाङ पुरस्कृत भईन् ।

२०८१ आश्विन ६, आईतवार मा प्रकाशित