काठमाडौं । द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इंग्ल्यान्डको टोली घोषणा भएको छ ।
मंगलवार हङकङ सिक्सेसले प्रतियोगितामा सहभागीता जनाउने ७ सदस्यीय इंग्ल्यान्ड टोलीको घोषणा गरेको हो । इंग्ल्यान्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् ।
नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ मा इंग्ल्यान्डसँग खेल्नेछ । नेपालले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउँदैछ ।
प्रतियोगितामा नेपालको दोस्रो खेलमा अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
इंग्ल्यान्डको टोली
रवि भोपारा(कप्तान), एलेक्स डेभिल्स, इडि बर्नाड, इथान ब्रुक्स, जोर्डन थम्पसन र स्मिथ पटेल