काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । प्रत्येक ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् । एनपिएलको नियम अनुसार प्रत्येक सहभागी टिमले कम्तिमा ४ विदेशी खेलाडी टोलीमा राख्नु पर्ने र बढीमा ४ विदेशी खेलाडी प्लेईङ११ मा राख्न पाउने नियम रहेको छ ।
यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याइ रहेका छन् । मंगलवार बेलुका सम्म विभिन्न टोलीमा गरेर २८ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र लुम्बिनी बोल्ट्सले समान ४, कर्णाली याक्स र काठमाडौं गुर्खाजले समान ३ तथा लुम्बिनी लायन्सले २ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
हालसम्म १५ देशका खेलाडी विभिन्न टोलीमा अनुबन्ध भएका छन् । सर्वाधिक ५ खेलाडी इङ्ग्ल्याण्डबाट रहँदा अमेरिकाका ४ खेलाडीले मौका पाएका छन् । न्युजिल्याण्डबाट ३ खेलाडीले मौका पाउँदा वेस्ट इन्डिज, नामिबिया, नेदरल्यान्ड्स र स्कटल्याण्डका समान २ खेलाडीले अवसर पाएका छन् । पाकिस्तान, हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिका र दक्षिण अफ्रिकाका समान १ खेलाडीले पहिलो संस्करणको एनपिएल खेल्दै छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे, वेस्ट इन्डिजका एन्डसन फिलिप र इङ्ग्ल्यान्डका म्याट क्रिचली
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन
सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ
काठमाडौं गुर्खाज – नेदरल्यान्ड्सका माइकल लेभिट, इङ्ग्ल्यान्डका सन एस्किनान्जी र नामिबियाका जेहार्ड एरास्मस
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल र न्युजिल्यान्डका मार्टीन गप्टिल
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था
चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल