काठमाडौं । युएईमा बुधवारबाट सुरु हुने महिला यु-१९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दै छ ।
नेपाल र थाइल्याण्डबीचको खेल युएईमा नेपाली समय अनुसार बुधवार दिउसो ३ः१५ मा सुरु हुदैछ । प्रतियोगितामा पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छन् ।
कात्तिक २९ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
नेपाली टोली
सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी