नेपालमा पहिलोपटक W1 Karting Championship आयोजना हुने

काठमाडौँ । नेपालमा पहिलोपटक W1 Karting Championship आयोजना हुने भएको छ।

ललितपुरको बुंगमति स्थित द वन्डरल्यान्ड गेम जोन ले आइतबार पत्रकार सम्मेलन माझ गर्दै आधिकारिक रूपमा प्रतियोगिताको घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने यस मोटरस्पोर्ट इभेन्टमार्फत नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। तीन दिनसम्म चल्ने यो ऐतिहासिक च्याम्पियनसिप २०२५ अगस्ट २९, ३० र ३१ गते आयोजना हुनेछ।

आयोजक वन्डरल्यान्डका अनुसार, यो प्रतियोगिताले नेपालमा मोटरस्पोर्ट संस्कृतिको विकास गर्न, युवा पुस्तामा उत्साह जगाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने ड्राइभर उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै, परिवार तथा साथीहरूसँगै सहभागी भई रमाइलो गर्ने अवसर पनि रहनेछ।

नेपालकै शीर्ष मनोरञ्जन पार्कको रुपमा स्थापित वन्डरल्यान्ड नेपालले गो–कार्टिङ, भर्चुअल रियालिटी, मोटोराइज्ड जिपलाइन, प्रोजेक्सन बाउलिङ, ट्राम्पोलिन, आउटडोर राइड्स तथा आर्केड गेम्सजस्ता आकर्षक र सुरक्षित गतिविधिहरूमार्फत देशभरि लोकप्रियता कमाएको छ। यसअघि पनि वन्डरल्यान्डले “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सर्ट सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

मनोरञ्जन र साहसिक अनुभव खोज्ने नेपाली तथा पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपाल निरन्तर उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ।

२०८२ भाद्र १, आईतवार मा प्रकाशित