दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बांङ्लादेशसँग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३-० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अंक जोडेको बांङ्लादेश दोस्रो स्थानमा छ ।
पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो ।
यसैगरी भुटानलाई ३-१ ले हराएको बांङ्लादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । बांङ्लादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बांङ्लादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बांङ्लादेशलाई सहज जित दिलाइन् ।
