काठमाडौँ, ११ भदौ
अस्ट्रेलियाको तस्मानियामा आगामी सेप्टेम्बर ६ र ७ तारिखमा बहुप्रतिक्षित एनटिएसए ( NTSA ) मल्टिकल्चर फुटबल प्रतियोगिता २०२५ आयोजना हुने भएको छ।
न्यु कन्सेप्ट फाइनान्सले मुख्य प्रायोजन गर्ने मल्टीकल्चरल ओपन फुटबल प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, किड्स फुटबल, सोसल फुटबल प्रतियोगिता हुनेछ।
प्रतियोगिताको सह प्रायोजकमा स्मार्ट एजुकेसन एण्ड भिसा सर्भिसेस तथा तास्मनिया एण्ड ब्रिजटन कलेज रहेको छ। यस्तै ग्रेस इन्टरसेनल एजुकेसन एण्ड माइग्रेसन तस्मानिया अवार्ड स्पन्सरको रुपमा रहनेछ।
प्रतियोगिता होबार्टस्थित क्याम्ब्रिज ओभल, क्याम्ब्रिज मैदानमा हुने नेप्लिज तस्मानिया क्रिकेट एसोसिएसनका अध्यक्ष विष्णु सापकोटाले जानकारी गराए ।
प्रतिभागी टिमहरुको अन्तिम टुंगो लगाउने कार्य बाँकी रहेको र प्रतियोगिता सम्बन्धी थप जानकारी आगामी सेप्टेम्बर २ मा हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने NTSA ले जनाएको छ।
