अस्ट्रेलिया, मेलबर्नमा जारि बिएमडब्लु टि-२० कप अष्ट्रेलिया अन्तर्गत दोस्रो दिन आइतबार सम्पन्न खेलहरुमा ब्रीलिएन्ट,रोयल राइनोज,हिमालयन र सगरमाथा विजयी भएका छन्।
पहिलो खेल – सगरमाथा vs एक्सपर्ट
आइतबार सम्पन्न पहिलो खेलमा एक्सपर्ट क्रिकेट क्लबलाई सगरमाथा क्रीकेट क्लबले १२९ रनले पराजित गर्यो।
टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले २० ओभरमा ६ विकेट गुमाउदै २२० रन बनाएको थियोे । सगरमाथाको लागि आशिषले ५२ , अभिनासले ४६, कुसलले ३० तथा सुजनले २४ रनको योगदान दिए। एक्सपर्ट क्रीकेट क्लबको लागि नबिनले २ तथा चिरन र शिवले १/१ विकेट लिए।
२२१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट १९ ओभरमा ९१ रनमा समेटिन पुग्यो। एक्सपर्टको लागि शक्तिले २१ ,दिपेशले १५ तथा रोपेनले १२ रनको योगदान दिए। सगरमाथाको लागि अबिनासले ३ , सैलेन्द्रले २ र सुनितले १ विकेट लिए । ब्याटिङमा ४६ र बलिङ्गमा ३ विकेट लिएका अबिनास खेलको म्यान अफ दि म्याच घोषित भए।
दोश्रो खेल – ब्रीलिएन्ट VS गोर्खाली
गोर्खाली क्रिकेट क्लब बिरुद्द ब्रीलिएन्ट क्लब २९ रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको ब्रीलिएन्टले १९ ओभरमा ६ विकेट गुमाउदै १४६रन बनाएको थियो । ब्रीलिएन्टको लागि अजयले ३८ , सुदिप र प्रकाशले समान २६/२६ रनको योगदान दिए ।
गोर्खाली क्रीकेट क्लबको लागि सुनिल ३ तथा अतिस , जेम्स र सागरले समान १/१ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको गोर्खाली १९.१ ओभरमा सबै विकेट गुमाउदै ११७ रनमा समेटिएको थियो। गोर्खाली क्रीकेट क्लबको लागि महम्मद अस्लमले २९ , अतिसले २० जेम्स १५ रनको योगदान दिए। ब्रीलिएन्टको लागि अस्वसले ३ तथा अजय र सुसान्तले २/१ विकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच अजय घोषित भए ।

रोयल राइनोज vs हिम अष्टेलिया
हिम अष्टेलिया विरुद्धको खेलमा रोयल राइनोज क्रीकेट क्लब ७ विकेटले विजयी भयो।
टस जिति पहिला ब्याटिङ गरेको हिम अष्टेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । हिम अष्टेलियाको लागि प्रेमले बिकासले ५० , राजले २१ आकाश ३१ र सुरजले २८ रनको योगदान दिए । रोयल राइनोज क्रीकेट क्लबको लागि निरज र भेस्मले २/२ तथा सन्जोगले १ विकेट लिए।
१५६ रनको बिजय लक्ष्य साथ मैदानमा उत्रिएको रोयल राइनोज क्रीकेट क्लब १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। रोयल राइनोज क्रीकेट क्लबको लागि चन्द श्रेष्ठले ४६ , निरज श्रेष्ठले २७ , मोहन पुनले २९ तथा सन्जोगले १४ रनको योगदान दिए। हिम अष्टेलियाको लागि अच्युत र सुरजले समान १/१विकेट लिए। खेलको म्यान अफ दि म्याच निरज श्रेष्ठ घोषित भए ।
दि हिमालयन vs नारे किङ
नारे किङ क्रिकेट क्लब बिरुद्द दि हिमालयन क्रीकेट क्लब ५ विकेटले विजयी भयो ।
टस जितेर पहिला ब्याटिङ गरेको नारे किङ क्रीकेट क्लब २० ओभरमा ८ विकेट गुमाउदै १४० रन बनाएको थियो।नारे किङ क्रीकेट क्लबको
लागि रोशन कन्डेल ३० , मोहन बिस्टले २५ तथा शिशिर सापकोटाले २५ रनको योगदान दिए । दि हिमालयन क्रीकेट क्लबको लागि रोशन पौडेलले ३ , जीवन ओलिले २ तथा निशान्त सिङ्ले १ विकेट लिए ।
१४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दि हिमालयन १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।दि हिमालयन क्रीकेट क्लबको लागि निशान्त पुनले ५८ , सन्दिप कुमार यादबले ३९ तथा सभाज क्षेत्रीले २५ रनको योगदान दिए । नारे किङ क्रीकेट क्लबको लागि किरन कंडेल , शिशिर सापकोटाले २/२ तथा मोहन सिङ्ले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच निशान्त पुन घोषित भए।

मेलबर्नको नेपाली समुदायहरुको ८ क्लबको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको छ जसको खेलहरु हप्ताको आइतबार मात्र हुने रोयल राइनोज क्रीकेट क्लबको अध्यक्ष बिजय शाक्यले बताएका छन्। बिएम ड्ब्लु टि ट्वान्टी क्रीकेट प्रतियोगिताको सम्योजकमा बिष्णु सापकोटा र बिदुर गिरि रहेका छन्। रोयल राइनोस क्रीकेट क्लबको प्रशिक्षण पुर्ब राष्ट्रिय खेलाडी युनिल श्रेष्ठले गरिरहेका छन्।
