पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिन दुइ खेल खेलिनेछन्।
दिनको पहिलो खेलमा बिहान ९ बजे पोखरा पल्टन र बुटवल ब्लास्टर्सले तथा दोश्रो खेलमा दिउसो १ बजे धनगढी ब्लुज र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन्।
पोखरा पल्टन VS बुटवल ब्लास्टर्स
पोखरा पल्टन डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले हालसम्म ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ। पहिलो खेलमा काठमाडौँलाई ९ विकेटले पराजित गरेको पोखराले त्यसपछि चितवनसंग ६ विकेटको तथा बिराटनगर टाईटन्ससग ४५ रनको हार बेहोर्यो। अंकतालिकामा उत्कृस्ट-३ भित्र पर्दै प्ले-अफ प्रवेश गर्न पोखरालाई जित आवस्यक छ।
बिराटनगरसंग १४६ रनको लक्ष्य पछ्याउन असफल रहेको पोखरा चितवनसंग १०७ रनमा समेटिएको थियो। दुवै खेलमा पोखराको ब्याटिंग चलेको थिएन जुन टिमको लागि चिन्ता बनेको छ। पछिल्लो सिजनका उत्कृस्ट ब्याट्सम्यान रभी इन्दर सिंह नचल्दा टिमका अन्य ठुला नामहरुले पनि उल्लेख्य योगदान दिन सकेका छैनन्। शरद भेसावकरको टिम धनगढी बिरुद्ध ब्याटिंग पक्ष सुधार गर्दै जित हात पार्न चाहन्छ।
टिम पोखरा पल्टन – शरद भेसावकर ( कप्तान ) , बिनोद भण्डारी, राशिद खान, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, मेहबुब आलम, कृष्ण कार्की, इशान पाण्डे, ललित राजबंशी, सुमन घिमिरे, विदेशी खेलाडीहरु – रभी इन्दर सिंह, प्रथमेश डाके, सर्बजित लड्डा

बुटवल ब्लास्टर्स पहिलो खेलमा काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोश्रो खेलमा चितवन राइनोजसंग ११९ रनको ठुलो हार बेहोर्यो। काठमाडौँसंग १४० रन बनाएको बुटवल चितवनसंग ८४ रनमै समेटिएको थियो। अविनाश बोहराले काठमाडौँ बिरुद्ध उत्कृस्ट प्रदर्शन गर्दै जितमा अहम योगदान दिएता पनि दोश्रो खेलमा महँगो सावित भएका थिए।
चोटका कारण सोमपाल कामिले बलिंग गरिरहेका छैनन् भने ललित भण्डारी, बिपिन खत्री विकेट निकाल्न संघर्ष गरिरहेका छन्। ब्याटिंगतर्फ पहिलो खेलमा हर्ष टंक र शिभम सिंह बाहेक चल्न सकेका थिएनन्। दोश्रो खेलमा ब्याटिंग पूर्णत फ्लप रहेको थियो। ब्यत र बल दुवै क्षेत्रमा टिमले सुधारको अपेक्षा गरेको छ।
बुटवल ब्लास्टर्स टिम – सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क
धनगढी ब्लुज VS चितवन राइनोज
धनगढी ब्लुज दिपेन्द्र ऐरी कप्तानीको धनगढीले २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ। पहिलो खेलमा बिराटनगर टाईटन्सलाई ५ रनले पराजित गरेपछि दोश्रो खेलमा काठमाडौँसंग १०६ रनको ठुलो हार बेहोरेको थियो। दुवै खेलमा धनगढीको ब्याटिंग चल्न सकेको थिएन। बिराटनगरसंग ११७ रन तथा काठमाडौँसंग ७९ रनमै धनगढी समेटिएकको थियो। काठमाडौँ बिरुद्ध धनगढीको बलरहरुले १८५ रन खर्चेका थिए। पोखरा बिरुद्ध काठमाडौँ दुवै बिभागमा सुधार गर्न चाहन्छ। टिमले जित हात पार्न दिपेन्द्र ऐरी, सन्दिप जोरा तथा क्यानडाका रोड्रीगो थोमस र विजयरत्ने जस्ता ब्याट्सम्यानबाट राम्रो प्रदर्शनको अपेक्षा राखेको छ।

चितवन राइनोज खेलेको दुवै खेलमा जित दर्ता गर्दै प्रतियोगिताको एक मात्र अपराजित टिम चितवन उत्कृस्ट लयमा रहेको छ। चितवनले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले तथा बुटवल ब्लास्टर्सलाई ११९ रनले पराजित गरेको थियो। बाबर हायात, पारस खड्का सन्नी पटेल, रोहन मुस्तफा, करन केसी जस्ता ठुला नामहरुले नाम अनुसारकै प्रदर्शन गरिरहेका छन्।
चितवनको मजबुत पक्ष ब्याटिंग हो किनकि उसको ९ नम्बरसम्म ब्याटिंग गर्न सक्षम खेलाडीहरु रहेका छन्। रोहन मुस्तफा, अनिल साह, बाबर हायात, पारस खड्का, आरिफ शेख, सन्नी पटेल, सुमित महर्जन, करन केसी , भुवन कार्की सम्म ब्याट्सम्यान छन्। बिक्रम भुसाल र बिक्रम सोब दुवै ब्याटिंग राम्रो गर्न सक्छन्। बलिंग अप्सनको पनि चितवनलाई कमि छैन। सन्नी पटेल, रोहन मुस्तफा, करन केसी, बिक्रम सोब, पारस खड्का, भुवन कार्की, बिक्रम भुसाल जस्ता खेलाडीहरु बलिंग अप्सनमा रहंदा ब्याटिंग जस्तै बलिंगमा पनि चितवन बलियो छ।
टिम चितवन राइनोज : पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करन केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुसाल, विदेशी खेलाडी – सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा
