अस्ट्रेलियाले घोषणा गर्यो नयाँ सिजनको खेलतालिका, अगस्ट देखि सुरु हुने

२०२०/२१ को क्रिकेट सिजनको लागि क्रिकेट अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खेलतालिका सार्वजनिक गरको छ। सार्वजनिक गरिएको तालिका अनुसार अस्ट्रेलियाले आगामी अगस्ट देखि आगामी वर्ष फेब्रुअरीसम्म प्रत्येक महिना अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ।

क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत केविन रोबोर्ट्सले यो सिजन अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन हर सम्भव प्रयास गरिने बताएका छन्। कोरोना महामारीले अवरोध गरेको खण्डमा जरुरि भए कार्यक्रम बदल्न सकिने उनले बताएका छन्।

बिहिबार जारि तालिकामा अस्ट्रेलियाले भारत र अफगानिस्तानसंग टेस्ट सिरिज, भारत, न्युजिल्याण्ड, जिम्बाब्वे र भारतसंग टि-२० र एकदिवसीय सिरिज खेल्नेछ। अस्ट्रेलिया महिला टिम पनि पुरा सिजन व्यस्त रहनेछ।

यस्तो छ अस्ट्रेलिया पुरुष क्रिकेट टिमको २०२०/२१ खेल तालिका 

अगस्ट – जिम्बाब्वेसंग ( ३ खेलको एकदिवसीय  सिरिज )

अक्टोबर – वेस्टइन्डिजसंग ( ३ खेलको टि-२० सिरिज )

अक्टोबर – भारतसंग ( ३ खेलको टि-२० सिरिज )

अक्टोबर/नोभेम्बर पुरुष टि-२० विश्वकप ( अनिश्चित )

नोभेम्बर – अफगानिस्तानसंग एक मात्र टेस्ट

डिसेम्बर/जनवरी – भारतसंग ( ४ वटा टेस्टको सिरिज )

जनवरी – भारतसंग ( ३ वटा एकदिवसीय )

जनवरी – न्युजिल्यान्डसंग ( ३ वटा एकदिवसीय )

फेब्रुअरी – न्युजिल्यान्डसंग एक मात्र टि-२०

२०७७ जेष्ठ १५, बिहीबार मा प्रकाशित