कोरोना महामारीको कारण स्थगित भएको श्रीलंकन क्रिकेट टिमको अभ्यास सुरु भएको छ। मंगलबार कोलोम्बो क्रिकेट क्लब ( सीसीसी ) मैदानमा श्रीलंकन टिम करिब तिन महिना पछि आउटडोर अभ्यासमा फर्कियो।
श्रीलंकन बोर्डले १३ जना खेलाडी र ४ जना सहयोगी स्टाफ गरि १७ जनालाई आइतबार देखि १२ दिन ‘आवासीय अभ्यास क्याम्प’ मा राखेको हो। खेलाडीहरु कोरोना बिरुद्ध सरकारी स्वास्थ्य आचारसंहिता पालना गर्दै अभ्यासमा फर्केका हुन्। अभ्यास दौरान खेलाडीहरु होटल र मैदान बाहेक हिड्न पाउने छैनन्।
क्याम्पमा समावेश गरिएका खेलाडीहरु – डिमुथ करुनारत्ने, सुरंगा लक्मल, कासुन रजिथा, लाहिरु कुमारा, विश्व फर्नान्डो, इशुरु उडाना, लासिथ इम्बुलडेनिया, लक्षण संदकन, दासुन शनाका, नुवान प्रदिप, वानिन्दु हसरंगा, कुशल परेरा, दानुश्का गुनाथिलाका
फोटोहरुमा हेर्नुस श्रीलंकन टिमको पहिलो दिनको अभ्यास


