बिराट कोहलीसंग आफ्नो तुलना हुन सक्दैन – बाबर आजम

पाकिस्तान ब्याट्सम्यान बाबार आजमले भारतीय ब्याट्सम्यान बिराट कोहलीसंग आफ्नो तुलना हुन नसक्ने बताएका छन्। उनले आफुले कोहलीसंग तुलनायोग्न हुन धेरै बाटो तय गर्न बाँकी रहेको बताएका हुन्।

बाबर आजमको टेस्टमा ४५ भन्दा माथि तथा एकदिवसीय र टि-२० मा ५० भन्दा माथिको औशतमा रन बनाएका छन्। सबै फर्म्याटमा उनि विश्वकै उत्कृस्ट ५ ब्याट्सम्यान भित्र रहेका छन्। टि-२० मा नम्बर-१ वरियतामा रहेका दायाँ हाते ब्याट्सम्यान टेस्टमा पाँचौ र एकदिवसीयमा तेश्रो वरियतामा रहेका छन्।

“कोहली महान क्रिकेटर मध्येका हुन्। म अझै उनिभन्दा पछि छु” आजमले क्रिक्बजसंगको कुराकानीमा बताए।

“म उनि जस्तै राम्रो गर्ने प्रयास गर्दै छु र आफ्नो देशलाई जिताउन चाहन्छु”

पाकिस्तानको सिमित ओभर क्रिकेटका कप्तान आजमले कोहली र आफु बीच केहि कलात्मक समानता रहेको स्वीकारे-

“एसियन ब्याट्सम्यानहरुमा एउटै कला र सट रहेको हुन्छ। मलाई लाग्छ हाम्रो केहि सटहरु एउटै लाग्छ।”

२५ वर्षीय ब्याट्सम्यानले विश्वका उत्कृस्ट खेलाडीहरुकको खेल जीवन पछ्याएको र उनीहरुले कसरि मुस्किल परिस्थितिबाट अघि आएको हेरीरहेको समेत बताए।

“म महान खेलाडीहरुसंग तुलना गर्ने बारे सोच्दिन। म खेल्दा अरुलाई देखाउन र प्रमाणित गर्न चाहन्न। मेरो लागि आफ्नो प्रदर्शनले आफैलाई दिने सन्तुष्टिले महत्वपूर्ण राख्छ।”

“म पाकिस्तानलाई बढी भन्दा बढी खेल जिताउन पाउदा खुसि हुन्छु। म आफ्नो प्रदर्शन बाट बिरलै खुसि भएको छ किनकि म सधै सुधार गर्नुपर्ने पक्ष देख्छु।”

पाकिस्तानको लागि २०१५ मा एकदिवसीय डेब्यु गरेका आजमले २६ टेस्ट, ७४ वानडे र ३८ टि-२० खेलीसकेका छन्। टेस्टमा ५ शतक र १३ अर्धशतक मद्दतले १,८५० रन, वानडेमा ११ शतक र १५ अर्धशतक मद्दतले ३,३५९ रन तथा टि-२० मा १३ अर्धशतक मद्दतले १,४७१ रन आजमले बनाएका छन्।

यसै वर्ष मे मा आजमलाई एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरिएको थियो।

बाबर आजमको प्रदर्शन :

टेस्ट : २६ खेलमा १,८५० रन, ५ शतक र १३ अर्धशतक

एकदिवसीय : ७४ खेलमा ३,३५९ रन, ११ शतक र १५ अर्धशतक

टि-२० : ३८ खेलमा १,४७१ रन, १३ अर्धशतक

बिराट कोहलीको प्रदर्शन :

टेस्ट : ८६ खेलमा ७,२४० रन, २७ शतक र २२ अर्धशतक

एकदिवसीय : २४८ खेलमा ११,८६७ रन, ४३ शतक ५८ अर्धशतक

टि-२० : ८२ खेलमा २,७९४ रन, २४ अर्धशतक

२०७७ जेष्ठ २९, बिहीबार मा प्रकाशित