अख्तरको १० उत्कृस्ट भारत र पाकिस्तान वान-डे खेलाडीहरुको सुचीमा ६ पाकिस्तानी र ४ भारतीय खेलाडी

पुर्व पाकिस्तान तिब्र गति बलर शोयब अख्तरले आफ्नो नजरमा पाकिस्तान र भारतको मिश्रित १० उत्कृस्ट एकदिवसीय क्रिकेटरहरुको नाम बताएका छन्।

आफ्नो तिब्र गति बलिंगबाट विश्व क्रिकेटमा ब्याट्सम्यानहरुको सातो लिएका अख्तरले एक अन्तर्वार्ताको क्रममा दुवै देशको १० उत्कृस्ट क्रिकेटरको लिस्ट दिएका थिए। उनको सुचीमा ४ जना भारतीय र ६ जना पाकिस्तानी क्रिकेटरहरु रहेका छन्।

यस्तो छ अख्तरको सुची 

सुचीमा पाकिस्तानको तर्फबाट सइद अनवर र इन्जमाम उल हक ब्याट्सम्यान रहेका छन्। यस्तै अलराउण्डर अब्दुल रज्जाकले स्थान पाएका छन्। बाँकी तिन बलर चयन गर्ने क्रममा तिब्र गति बलिंग जोडी वासिम आक्रम र वकार युनिस तथा स्पिनरको रुपमा सक्लेन मुस्ताकलाई सुचीमा राखेका छन्।

भारतीय खेलाडीहरुमा अख्तरले सचिन तेन्दुलकरलाई पहिलो रोजाईमा राखेका छन्। ४४ वर्षीय खेलाडीले त्यसपछि राहुल द्रविडलाई चुनेका छन्। त्यसपछि बिरेन्द्र सहवाग तथा युबराजसिंग गरि ४ जना ब्याट्सम्यानहरुलाई उनले सुचीमा राखेका छन्। कुनै पनि भारतीय बलरले अख्तरको सुचीमा ठाउँ बनाउन सकेनन्।

शोयब अख्तरको नजरमा भारत र पाकिस्तानको उत्कृस्ट १० एकदिवसीय क्रिकेटर  : सचिन तेन्दुलकर, सइद अनवर, इन्जमाम उल हक, राहुल द्रविड, बिरेन्द्र सेहवाग, अब्दुल रज्जाक, युबराज सिंह, सक्लेन मुस्ताक, वासिम आक्रम र वकार युनिस

पाकिस्तानको लागि ४६ टेस्ट तथा १६३ एकदिवसीय खेल्ने क्रममा अख्तरले क्रमशः १७८ र २४७ विकेट लिएका थिए। विश्वकै सबैभन्दा तिब्र गतिको बलिंग दर्ता गर्ने क्रममा अख्तरले सन् २००३ विश्वकपमा मा १६१.३ किलोमिटर प्रतिघन्टाको रफ्तारमा बलिंग गरेका थिए।

धेरैले पढेको :- सांगाकाराको खुलासा : २०११ विश्वकप फाइनलमा धोनीले किन दोश्रो पटक टस गर्न भनेका थिए

२०७७ जेष्ठ २९, बिहीबार मा प्रकाशित