स्टिभ स्मिथको नजरमा यी पाकिस्तानी बलर आफुले खेलेको मध्ये सबैभन्दा सिपालु

अस्ट्रेलियन सुपरस्टार क्रिकेटर स्टिभ स्मिथ वर्तमान क्रिकेटको उत्कृस्ट ब्याट्सम्यान मध्ये गनिने गरिन्छन्। स्मिथले विश्वकै हरेक बलिंग आक्रमणलाई निस्तेज पार्दै आएका छन्। त्यसैले पनि स्मिथले कुनै बलरको प्रसंशा गर्नु बलरको लागि गर्वको विषय हो।

सामाजिक संजाल इन्सटाग्राममा पुर्व अस्ट्रेलियन कप्तानले फ्यानहरुको प्रश्नको जवाफ दिएका हुन्। आफुलाई सामना गर्न सबैभन्दा मुस्किल लाग्ने बलरको नाम लिन एक फ्यानले सोधेको प्रश्नमा स्मिथले पाकिस्तानका तिब्र गति देब्रे हाते बलर मोहम्मद आमिरको नाम लिएका हुन्।

“मोहम्मद आमिर, मलाई लाग्छ उनि मैले सामना गरेको सबैभन्दा सिपालु बलर हुन्” उनले बताए।

आमिरले सन् २०१० मा स्पट-फिक्सिंग काण्डमा आरोपित पाइएपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ५ वर्षे प्रतिबन्ध भोगेका थिए।  प्रतिबन्ध सकिएपछि उनि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः फर्कीएका थिए।

आमिरकै उत्कृस्ट प्रदर्शनको कारणले २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको थियो। देब्रे हाते पेसरले पाकिस्तानको लागि ३६ टेस्ट, ६१ एकदिवसीय र ४८ टि-२० खेलीसकेका छन् जसमा क्रमशः ११९, ८१ र ५९ विकेट आफ्नो नाम गरेका छन्। २८ वर्षीय आमिरले सन् २००९ मा पाकिस्तानको लागि डेब्यु गरेका थिए।

स्मिथले सन् २०१५ को एकदिवसीय विश्वकप जितेको क्षण आफ्नो करियरकै सबैभन्दा उत्कृस्ट क्षण रहेको समेत बताए।

सन् २०१८ को दक्षिण अफ्रीका बल टेम्परिंग काण्ड पछि १ वर्ष प्रतिबन्ध भोगेका स्मिथले स्पिनर बिरुद्ध राम्रो खेल्ने टिप्स समेत दिएका थिए। “खुट्टा बलियो हुनु पर्छ, खुट्टा जति सक्दो छिटो चलाउनुस”

फ्यानहरुको अन्य प्रश्नको जवाफ दिने क्रममा स्मिथले पाकिस्तान ब्याट्सम्यान बाबर आजमलाई राम्रो खेलाडी भएको र ब्याटिंग गर्दा उनिसंग प्रशस्त समय हुने बताए। यस्तै उनले आफ्नो आइडल खेलाडी मार्क वा रहेको बताए।

आफ्नो सबै भन्दा प्रिय सट स्ट्रेट ड्राइभ रहेको जुन सट खेल्दा बलरको पछाडी बल गएको हेर्नु भन्दा प्रियहरु कुरा नरहेको उनले बताए।

२०७७ असार २, मंगलवार मा प्रकाशित