चेल्सी सेफिल्डसँग स्तब्ध

इंगलिस प्रिमियर लिगको ३५औं चरणको खेलहरुमा अप्रत्याशित नतिजाहरु आउने क्रममा चेल्सि सेफिल्डसँग स्तब्ध बनेको छ। चेल्सी विरुद्ध सेफिल्डले ३-० गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

प्रिमियर लिगको शिर्ष ६ को रेस एक्दमै रोमाञ्चक बन्दा चेल्सी र सेफिल्ड विरुद्धको खेल हेर्न योग्य थियो । गए राती भएको खेलमा चेल्सीले निराशाजनक हार बेहोर्यो ।

३-० को फराकिलो जित दर्ता गर्ने क्रममा सेफील्डका लागि मेक्गोल्ड्रिकले १८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनु भन्दा अगाडि म्यकब्रुयानले गोल गर्दै सेफिल्डलाई दोस्रो अग्रता दिलाएका थिए। पहिलो हाफको खेल २-० मा सकिएको थियोे। दोस्रो हाफमा चेल्सी हावी रह्यो तर ७७औं मिनेटमा मेक्गोल्ड्रिकले ब्यक्तिगत दोस्रो गोल गर्दै सेफिल्डको जित पक्का गरे।

हारसँगै तेस्रो स्थानमा रहेको चेल्सी चौथो स्थानमा रहेको लेस्टर सँगको अंक दुरि घटेर १ मा आएको छ। चेल्सीको ६० अंक रहेको छ । लेस्टरले भने यो चरणको खेलमा आझ बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ। लेस्टरले खेल जितेको खण्डमा चेल्सीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने छ । जित सँगै सेफिल्ड भने छैटौं स्थानमा उक्लिएको छ। सेफिल्डले सातौ स्थानमा रहेको वोल्व्ससँग अंक दुरि बडाएर २ बनाएको छ । वोल्व्सले एस चरणको खेलमा आझ एभर्टनसँग प्रतिस्पर्धा गर्ने छ ।

चेल्सीले अब रेलिगेसनमा परेको टोलि नर्वीचसँग भिड्ने छ। सेफिल्ड भने चौथो स्थानमा रहेको लेस्टरसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७७ असार २८, आईतवार मा प्रकाशित