इग्लिस प्रिमियर लिगको ३५ औं चरणको खेलमा लिभरपुलले यस सिजनमा पहिलो पटक आफ्नो होम ग्राउन्डमा अंक गुमाएको छ। लिभरपुल र बर्नली बिचको खेल १-१ को बराबरीमा समाप्त भएको हो ।
लिग विजेता लिभरपुल र बर्नलि बिचको खेल बराबरिमा रोकिएको हो । लिभरपुलको होम ग्राउन्ड एन्फिल्डमा भएको खेलमा ३४ मिनेटमा रोबर्टसनले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम गरेको लिभरपुलले भने दोस्रो हाफमा अग्रतालाई निरन्तरता दिन सकेन । ६९ औं मिनेटको खेलमा रोड्रिग्वेजले गोल गर्दै पाहुना टोलिलाइ बराबरीमा ल्याए ।
खेलमा लिभरपुलले धेरै गोल गर्ने अवसर सिर्जना गर्यो तर पाहुना टोलिका गोलरक्षक पोपले सबै अवसर विफल पारी दिए । खेलमा अन्य कुनै गोल नहुदा खेल बराबरिमा समाप्त भएको थियो ।
लिभरपुलले यस अघिनै लिग जितिसकेको छ । ३ खेल बाँकी रहदा ९३ अंक जुटाएको लिभरपुल भने १०० अंक बनाउने दाउमा छ । बराबरी सँगै बर्नलि भने ३५ खेलमा ५० अंक बनाउदै ९ स्थानमा उक्लिएको छ ।
यस बराबरीसँगै चेल्सीको एकै सिजनमा सर्वाधिक घरेलु जितको कीर्तिमान कायम रहेको छ भने एकै सिजनमा सर्वाधिक अंकको किर्तिमान तोड्न लिभरपुललाई गाह्रो हुने देखिएको छ ।
