बर्नमाउथले चमत्कारिक पुनरागमन गर्दा लेस्टरको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगको ३५ औं चरणको खेलमा लेस्टर सिटिले बर्नमाउथसँग ४-१ को लज्जास्पद हार बेहोरेको छ ।

हारसँगै लेस्टरले अंक तालीकामा चेल्सिलाई उछिन्दै तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

भिटालिटि स्टेडियममा गए राती सम्पन्न खेलमा बर्नमाउथले अविश्वसनीय जित हासील गरेको हो । बउर्नेमथको जितमा सोलांकेले दुई गोल गरे ।

लेस्टरले खेलको २३ औं मिनेटमा भार्डीको गोल मार्फत अग्रता लिगेको थियो । पहिलो हाफमा ०-१ को अग्रता बनाएको लेस्टरको खुशी धेरैबेर टिक्न सकेन। घरेलु टोलि दोस्रो हाफमा निकै हावी देखियो । फलस्वरूप बर्नमाउथका लागि स्टानिलासले ६६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बर्नमाउथले पाएको पेनाल्टीलाई स्टानीस्लासले गोलमा परिणत गरेका हुन्।

लेस्टरका डिफेन्डर सायोन्कु ६७ औं मिनेटको खेलमा रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएसँगै लेस्टर १० खेलाडीमा समेटिएको थियो ।

बराबरि बनाउना साथ घरेलु टोलिले खेलमा अग्रता पनि कायम गर्यो । ६७ औं मिनेटको खेलमा रिकोले दिएको पासलाई सदुपयोग गर्दै सोलांकेले गोल गरे। गोलसँगै बर्नमाउथले खेलमा चमत्कारिक पुनरागमन गर्यो । गोलको शिलशिला त्यतिमै रोकिएन । ८३ औं मिनेटको खेलमा एभान्सले आत्मघाती गोल बेहोर्दै लेस्टरलाई खेलबाट बाहिर गराए ।

८७ औं मिनेटको खेलमा सोलान्कोले ब्यक्तिगत दोस्रो गोल प्रहार गर्दै खेलमा घरेलु टोलिको जित पक्का गरे ।

खेलमा लेस्टरको लागी एक मात्र गोल गरेका भार्डीले यस सिजन २३ गोल गरिसकेका छन् । लिगको शिर्षगोलकर्ता रहेका भार्डी दोस्रो स्थानको खेलाडीको भन्दा ३ गोल बडि रहेको छ।

हारसँगै लेस्टरले चेल्सीलाई उछिन्दै तेस्रो स्थानमा उक्लने सुनौलो अवसर गुमाएको छ। ३५ खेलमा ५९ अंक बनाएलो लेस्टर तेस्रो स्थानको चेल्सी भन्दा १ अंक पछाडि छ भने पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड भन्दा १ अंकले माथी रहेको छ ।

जितसँगै बर्नमाउथ ३ महत्वपूर्ण अंक जुटाउदै रेलिगेसनको जोनमा यथावत रहेको छ । ३५ खेलमा ३१ अंक बनाएको बउर्नेमथ अंक तालीकाको १८ औं स्थानमा छ । १६ र १७ स्थानमा रहेका वेस्ट ह्याम युनाइटेड र वार्टफर्ड भन्दा ३ अंक पछाडि रहेको छ ।

लेस्टरले अर्को खेल आफ्नो घरेलु मैदानमा सेफिल्डको सामना गर्दै छ भने बर्नमाउथले म्यान्चेस्टर सिटिको सामना गर्दैछ ।

२०७७ असार २९, सोमबार मा प्रकाशित