म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग खेल्ने, २ वर्षको प्रतिबन्ध फुकुवा

म्यान्चेस्टर सिटी माथी युनियन अफ युरोपियन फुटबल एसोसिएसन ( युइएफए ) ले युरोपेली फुटबलमा लगाएको २ वर्षको प्रतिबन्ध फुकुवा गरिएको छ।

इंग्लिस क्लब म्यान्चेस्टर सिटी माथी यसै वर्ष फेब्रुअरीमा युइएफएले आर्थिक नियम मिचेको भन्दै दुई वर्षको प्रतिबन्ध सहित ३० मिलियन युरो जरिवाना तोकेको थियो ।

आज सिटीको अपिलको अन्तिम फैसलामा प्रतिबन्ध खारेज गरिएको छ। ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’ ले सिटीको  प्रतिबन्ध फुकुवा भएको निर्णय सुनाएको हो । सिटीको ३० मिलियन युरो जरिवाना घटाएर १० मिलियन युरो तोकिएको छ।

अब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न पाउने भएको छ। यस सिजनको इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहने पक्का भएको सिटि च्याम्पियन्स लिग खेल्न छनोट भैसकेको छ ।

यो खबरसँगै म्यान्चेस्टर सिटी टिममा संकट टरेको छ । प्रतिबन्ध फुकुवा नभएको खण्डमा थुप्रै खेलाडीहरुले क्लब छाड्न सक्थे ।

सिटीले च्याम्पियन्स लिग खेल्न पाउने खबरसँगै प्रिमियर लिग थप रोमाञ्चक बनेको छ । म्यान्चेस्टर युनाइटेड, चेल्सी लगायत लेस्टर सिटीलाई अर्को वर्ष च्याम्पियन्स लिग खेल्न शिर्ष ४ मा पर्ने पर्ने भएको छ । लिग विजेता लिभरपुल र म्यान्चेस्टर सिटी भने च्याम्पियन्स लिगको लागि छनोट भैसकेका छन् । शिर्ष ४ को रेस भने निकै रोमाञ्चक बनेको छ ।

२०७७ असार २९, सोमबार मा प्रकाशित