ला लिगा अन्तर्गत रियल म्याड्रिडले आफ्नो उपाधि यात्रा मजबुत बनाएको छ ।
गए राती सम्पन्न खेलमा रियलले ग्रान्डा माथी १-२ को शानदार जित हात पारेको हो । रियलको जितमा बेन्जेमा र मेन्डिले समान एक-एक गोल गरे ।
खेलको दसौं मिनेटमा मेन्डीको गोल मार्फत रियलले शुरूवाती अग्रता लिएको थियो । १७ औं मिनेटको खेलमा फ्रान्सका फर्वाड बेन्जेमाले गोल गर्दै पाहुना टोलिलाई उत्कृष्ट सुरुवात दिलाए । रियलले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफको सुरुवाती समयमा माचिसले गोल गर्दै घरेलु टोलिलाई खेलमा फर्काए । खेलमा अरु राम्रो अवसर पाएको ग्रान्डाले सदुपयोग गर्न नसक्दा घरेलु टोलिलाइ अंक दिलाउन माचिसको गोल पर्याप्त भएन । रियलको अग्रता जोगाउन कप्तान रामोस र गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट प्रदर्शन गरे ।

राम्रो लयमा रहेको रियल म्याड्रिडको यो लगातार नवौं जित हो । उपाधि आफ्नो नाममा गर्न रियल एक जित पछाडि रहेको छ ।
जितसँगै रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरि ४ बनाएको छ । ३६ खेलमा ८३ अंक बनाएको रियल शिर्ष स्थानमा छ भने उत्तिकै खेलमा ७९ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । ग्रान्डा भने दसौं स्थानमा रहेको छ ।
लिग समाप्त हुन २ खेल मात्र बाँकी रहेको छ । रियलले आगामी खेलमा अलाभेसको सामना गर्ने छ । जित हात पारेको खण्डमा रियलले उपाधि पक्का गर्ने छ ।
