इंग्लिस प्रिमियर लिग अन्तर्गत ३६ औं चरणको खेलमा आर्सनलले लिग विजेता लिभरपुलमाथी आश्चर्यचकित जित हात पारेको छ ।
आर्सनलको घरेलु मैदानमा सम्पन्न भएको खेलमा च्याम्पियन लिभरपुलले २-१ को नमिठो हार भोगेको हो ।
बुधबार राती भएको खेलमा ०-१ ले पछि परेको अवस्थालाई उल्टाउदै आर्सनलले उत्कृष्ट पुनरागमन जित हासिल गरेको हो ।
२० औं मिनेटको खेलमा साडीयो मानेले गोल गर्दै पाहुना टोलि लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, लिभरपुलको अग्रता क्षणिक रह्यो । ३२ औं मिनेटको खेलमा लिभरपुलका भरपर्दो डिफेन्डर भर्जिल भ्यान डाइकले ठुलो गाल्ती गरे । भर्जीलले गोलरक्षकलाई दिएको फितलो पासलाई लकाजेट्टिले बिचमै बल उछिन्दै आर्सनलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको अन्तिम समयमा लिभरपुलका गोलरक्षक एलिसनको गल्तीको फाइदा उठाउदै नेल्सनले उत्कृष्ट गोल गरे ।
खेलमा पाहुना टोलि लिभरपुलले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि गोल भने गर्न नसक्दा च्याम्पियन लिभरपुुल जारी सिजनमा आफ्नो तेस्रो खेल हार्न बाध्य भएको हो ।
दोस्रो हाफमा दुबै टोलिबाट अन्य गोल नहुदा आर्सनलले अंक आफ्नो खल्तीमा पारेको हो ।
क्लोपको लिभरपुल माथी आर्सनलको यो पहिलो जित हो ।
हारसँगै लिभरपुलले म्यान्चेस्टर सिटिले एउटा संस्करण बनाएको १०० अंकको कीर्तिमान तोड्न नसक्ने निस्चित भएको छ । एस अगावै ३६ खेलमा ९३ अंक बनाएको लिभरपुलले लिग उपाधी आफ्नो नाममा गरिसकेको छ ।
३६ खेलमा ५३ अंक बनाएको आर्सनल भने ९ औं स्थानमा यथावत रहेको छ । साथै जित सँगै आर्सनलले अर्को वर्ष हुने युरोपा लिग खेल्ने सम्भावना जिवित राखेको छ ।
२०१५ एता आर्सनलको लिभरपुल माथि पहिलो जित हो ।
हाल राती सम्पन्न अन्य खेलमा इन्जुरि समयमा आफ्नो अग्रता जोगाउन नसक्दा वल्भ्सले बर्नलिसँग अंक बाड्न मजबुर भएको थियो । खेल १-१ को बराबरिमा समाप्त भएको थियो।

