इंग्लिस प्रिमियर लिग : लेस्टर र म्यानचेस्टर युनाइटेड विजयी, शिर्ष ४ को दौड रोमाञ्चक बन्दै

इंग्लिस प्रिमिर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा लेस्टर सिटि र म्यानचेस्टर युनाइटेडले जित हात पारेका छन् । चौथौ स्थानमा रहेको लेस्टर र युनाइटेडको समान अंक रहेको छ । लिग समाप्त हुन २ चरणका खेलहरु बाँकी रहदा शिर्ष ४ को दौड रोचक बनेको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले सेफिल्डविरुद्ध २-० को सहज जित हात पारेको हो । खेलमा उस्को लागि पेरेजले १९ वर्षिय थोमसको पास मार्फत गोल गर्दै २८ औं मिनेटमा घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । लेस्टरका कप्तान भार्डिले दोस्रो हाफमा गरेको प्रहारमा बार बाधक बन्यो ।अन्य थुप्रै गोल गर्ने अवसर सिर्जना गरेको लेस्टरले अन्ततः भार्डीको पासमा ग्रेले सहज गोल गर्दै लेस्टरको जित पक्का गराए ।

युनाइटेडले पनि गए राती सम्पन्न खेलमा क्रिस्टल प्यालेसविरुद्ध जित दर्ता गर्दै अंक तालिकामा लेस्टरको पिछा जारी राखेको छ ।
प्यालेसविरुद्ध २-० को सहज जित पार्ने क्रममा युनाइटेडको लागी मार्सियल र रासफर्डले समान एक-एक गोल गरे । केहि राम्रो अवसर सिर्जना गरेको प्यालेसको आक्रमणलाई युनाइटेडको गोलरक्षक डेविड डिगाले विफल बनाइदिए । दुबै अग्रपंक्तिका खेलाडीले जारी संस्करणमा कुल १७ गोल गरेका छन् ।

प्यालेसले पहिलो हाफमा फर्काएको गोल भारले रद्द गरिदिएको थियो ।

लेस्टर र युनाइटेडको जितसँगै दुबै टोलिको समान ६२ अंक रहेको छ । गोलको हिसाबमा लेस्टर युनाइटेड भन्दा एक स्थान माथि छ । तेस्रो स्थानको चेल्सीसँग भने ६३ अंक रहेको छ ।

जारी सिजनको उपाधी लिभरपुलले आफ्नो हातमा पारिसकेको छ भने सिजनको समाप्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहने पक्का भएको सिटि अर्को वर्ष हुने च्याम्पियनस लिग खेल्न छनोट भैसकेको छ ।

चेल्सी, लेस्टर र युनाइटेड मध्य दुई टोलि शिर्ष ४ मा रहदै अर्को वर्ष हुने च्याम्पियनस लिग खेल्न छनोट हुने हो ।

हारसँगै सेफील्डको च्याम्पियनस लिग खेल्ने सम्भावना चकनाचुर भएको छ । १२ वर्ष पछि प्रिमियर लिग खेलेको सेफिल्डको युरोपा लिग खेल्ने सम्भावना भने जिवित नै छ

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा एभर्टन बर्नलिसँग रोकिएको छ । खेल १-१ को बराबरीमा सिमित भएको हो ।

२०७७ श्रावण २, शुक्रबार मा प्रकाशित