इंग्लिस प्रिमियर लिग : कुन-कुन टिम होलान् शिर्ष-४ मा ?

इंग्लिस प्रिमियर लिगमा २ चरणका खेलहरु मात्र बाँकी रहदा शिर्ष ४ मा कुन कुन टोलि होलान् भन्ने अनुमान लगाउन कठिन छ।

नहोस् पनि कसरी ? तेस्रो स्थानको चेल्सी चौथो र पाँचौ स्थानका टोलि लेस्टर सिटि र म्यान्चेस्टर युनाइटेड भन्दा केवल १ अंकले अगाडि छ । अझ रोमाञ्चक कुरा त लेस्टर सिटि र म्यान्चेस्टर युनाइटेडको समान ६२ अंक रहेको छ। केवल गोलको आधारमा लेस्टर सिटि युनाइटेड भन्दा अघि छ ।

लिभरपुल जारी संस्करणको विजेता घोषित भैसकेको छ भने म्यान्चेस्टर सिटि सिजनको अन्त्यमा दोस्रो स्थानमा रहने पक्का भैसकेको छ ।

शिर्ष ४ को लागि जम्मा २ ठाउँ खाली रहदा चेल्सी, लेस्टर सिटि र म्यान्चेस्टर युनाइटेड बिच एक्दमै रोचक दौड चलिरहेको छ ।

आगामी खेलको तालीका हेर्ने हो भने तेस्रो स्थानको टोलि चेल्सीको लिग विजेता लिभरपुल र छैटौं स्थानको वोल्भ्ससँगको खेलहरु बाँकी रहेका छन् । प्रिमियर लिग च्याम्पियनलाई हराउन लाम्पार्डको चेल्सीलाई गार्‍हो पर्ने निस्चित छ । जारी सिजनको खेलमा लिभरपुलले चेल्सीविरुद्ध १-२ को सहज जित दर्ता गरेको थियो । वोल्भ्सविरुद्ध भने चेल्सी ले २-५ को फराकिलो जित आफ्नो नाममा गरेको थियो । तर, वोल्भ्स पनि शिर्ष ६ मा रहदै अर्को वर्ष हुने युरोपा लिग खेल्न आतुर देखिएकोले चेल्सीलाई यो खेलमा जित हात पार्न पक्कै पनि सहज काम हुने छैन । लिभरपुलसँग खेल्न चेल्सीले एन्फिल्डको यात्रा गर्ने छ भने वोल्भ्ससँग चेल्सीले आफ्नो घरेलु मैदानमा खेल्ने छ ।

हाल गोलको अन्तरले चौथो स्थानमा रहेको लेस्टरको टोटेनहम र पाचौं स्थानमा रहेको युनाइटेडसँगका खेलहरु बाँकी रहेका छन् । युनाइटेड र लेस्टरको खेल हुन बाँकी रहदा चेल्सीलाई फाइदा हुने देखिन्छ । उक्त खेलले शिर्ष चारको छिनोफानो गर्ने छ । पछिल्लो पटक लिगमा यी दुई टोलो भेट्दा रासफर्डको पेनाल्टी मार्फत गरेको एक मात्र गोलले खेलमा युनाइटेड विजयी भएको थियो ।

युनाइटेको भने रेलिगेसनको डरबाट मुक्त टोलि वेस्ट हाफ र लेस्टसँगका खेलहरु बाँकी रहेका छन् । अंक तालिकाको पुच्छर तिर रहेको वेस्ट हाफविरुद्ध युनाइटेडको मानसिकता र आत्मविश्वास माथी रहने छ । राम्रो लयमा रहेको युनाइटेडले वेस्ट हाफ विरुद्ध महत्त्वपूर्ण ३ अंक हात पार्ने अनुमान गर्न सकिन्छ ।

युनाइटेड र लेस्टरको खेल बाँकी रहदा १ अंकको अग्रता कायम राखेको चेल्सी भने शिर्ष ४ मा पर्ने देखिन्छ । गोलकै आधारमा लेस्टरले युनाइटेडलाई पछि पार्न सक्ने धेरै सम्भावना छ । तर लयमा रहेको युनाइटेडले लेस्टर सिटिलाई सहज ढंगमा शिर्ष ४ मा आफ्नो ठाउँ पक्का गर्न नदिने निस्चित छ ।

२०७७ श्रावण ४, आईतवार मा प्रकाशित