इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा लेस्टर सिटिले टोटेनहमको हात बाट ३-० को लज्जास्पद हार बेहोरेको छ ।
टोटेनहमको जितमा कप्तान ह्यारी केनले दुई गोल गरेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा जेम्स अस्टिनको आत्मघाती गोलको मद्दतले टोटेनहमले छैटौं मिनेटको खेलमा सरुवाती अग्रता हासिल गरेको थियो । भारको सहायताले गोल घोषित भएको थियो ।
३ मिनेटको अन्तरालमा कप्तान ह्यारी केनले २ गोल गर्दै टोटेनहमको अग्रता तेब्बर बनाए । ३७ र ४० औं मिनेटको खेलमा लुकासको पासमा केनले दुबै गोल गरेका थिए ।
दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर सिर्जना गरेको लेस्टरले खेलमा कुनै गोल गर्न सफल भएन । पहिलो हाफमै ३ गोलले पछि परेपछी लेस्टरले खेलमा पुनरागमन गर्न सकेन । अन्ततः जारी सिजनको समाप्ति भागमा आएर लेस्टरले तिन महत्त्वपूर्ण अंक गुमाउन पुग्यो ।
३७ खेलमा ५८ अंक बनाएको टोटेनहम छैटौं स्थानमा उक्लिदै युरोपा लिगको छनोटको सम्भावना कायम राखेको छ । एक खेल कम खेलेको वोल्भ्स टोटेनहम भन्दा २ अंकले पछाडि छ ।
चौथो स्थानको लेस्टरको भने ३७ खेलमा ६२ अंक रहेको छ । शिर्ष ४ को दौडमा प्रतिस्पर्धा गरिरहेको लेस्टरले ३ महत्त्वपूर्ण अंक घुमाउन बाध्य बनेको छ भने तेस्रो स्थानमा उक्लिने अवसर बाट पनि चुकेको छ ।
एक खेल कम खेलेको चेल्सी ६३ अंक सहित तेस्रो स्थानमा छ भने युनाइटेडको ६२ अंक छ । यद्यपि युनाइटेडले पनि एक खेल कम खेलेको छ ।
चेल्सी, लेस्टर सिटि र म्यान्चेस्टर युनाइटेड मध्य दुई टोलि शिर्ष ४ मा पर्ने छ ।
सिजनको अन्तिम खेलमा लेस्टरले युनाइटेडको सामना गर्ने छ ।
