क्रिस्टल प्यालेसविरुद्ध वोल्भ्सको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा वोल्भ्सले प्यालेसविरुद्ध  २-० को सहज जित दर्ता गरेको छ । वोल्भ्सको जितमा पोडेन्स र जोन्निले समान एक-एक गोल गरेका हुन् ।

वोल्भ्सका लागि ४१ औं मिनेटको खेलमा माट डोहर्टीको पासलाई पोडेन्सले हेड मार्फत गोल गर्दै घरेलु टोलिलाई सरुवाती अग्रता दिलाएका थिए ।

पाहुना टोलि माथी निकै दबाब बनाएको वोल्भ्सले ६८ औं मिनेटको खेलमा आफ्नो अग्रता दोब्बर बनायो । जोन्नीले गोल गर्दै वोल्भ्सका लागि तीन महत्वपूर्ण अंक पक्का गराए ।

वोल्भ्स शिर्ष ६ मा रहेर अर्को वर्ष हुने युरोपा लिगमा छनोट हुने सम्भावना मजबुत बनाएको छ ।

जितसँगै वोल्भ्स टोटेनहमलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको छ । ३७ खेलमा ५९ अंक बनाएको वोल्भ्स सातौ स्थानको टोटेनहम भन्दा १ अंकले माथि रहेको छ ।

लगातार ७ खेलमा हार बेहोरेको प्यालेस ४२ अंक सहित १४ औं स्थानमा छ ।

लिग समाप्त हुन केवल १ चरणका खेलहरु बाँकी रहेका छन् ।

२०७७ श्रावण ६, मंगलवार मा प्रकाशित