रोनाल्डोको नयाँ कीर्तिमान

३५ वर्षिय क्रिस्टियानो रोनाल्डोले सिरी ‘ए’ अन्तर्गत गए राती सम्पन्न खेलमा लाजियोविरुद्ध दुई गोल गर्दै नयाँ उपलब्धि हासिल गरेका छन् ।

रोनाल्डोले इंग्लिस प्रिमियर लिग, ला लिगा तथा सिरी ‘ए’ गरि तीन भिन्न लिगमा ५० गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

पोर्चुगल रास्ट्रिय टोलिका कप्तान तथा युभेन्ट्सका चर्चित  खेलाडी रोनाल्डोले प्रिमियर लिग फुटबलमा २००३-०७ सम्म म्यान्चेस्टर युनाइटेडको लागि खेल्ने क्रममा ११८ गोल गरेका थिए । उनी १८ वर्षको उमेरमा युनाइटेडमा अनुबन्ध भएका थिए ।

उनले २००९-१३ सम्म ला लिगामा रियल म्याड्रिडको प्रतिनिधित्व गर्दै ४५० गोल आफ्नो नाममा गरेका थिए ।
उनी रियलको सर्वाधिक गोलकर्तासमेत हुन् ।

रोनाल्डोले २०१८ मा रियल म्याड्रिड छाडेका हुन् । उनिले स्पेनिस क्लब छाड्दै इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए ।

सिरी ‘ए’ को पहिलो सिजनमा नै रोनाल्डोले २१ गोल गरेका थिए भने उनले जारी सिजनमा ३० गोल गरिसकेका छन् ।

रोनाल्डोले अहिलेसम्म ५ पटक बेलुन डि’ओरको उपाधी जितेका छन् । उनले आफ्नो उत्कृष्ट करिअरमा देश र क्लबको लागि गरि ७०० भन्दा धेरै गोल गरिसकेका छन् । च्याम्पियनस लिग फुटबलमा सबै भन्दा धेरै गोल (१२८) र सबै भन्दा धेरै असिस्ट (४०) को रेकर्ड पनि रोनाल्डोकै नाममा रहेको छ ।

२०७७ श्रावण ६, मंगलवार मा प्रकाशित