चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग खेल्न छनोट, भार्डीले जिते गोल्डेन बुट

आज ३८ औं चरणका खेलहरु सकिएसँगै २०१९/२० सिजनको प्रिमियर लिग समाप्त भएको छ । अगस्ट ९ २०१९ मा सुरुवात भएको लिग ११ महिनाको रोमाञ्चक प्रतिस्पर्धा पछि अन्ततः आइतबार सकिएको छ ।

अन्तिम चरणको खेल सकिएपछि मात्र च्याम्पियन्स लिग, रेलिगेसन लगाएत युरोपा लिगको लागि छनोट हुने टोलिहरुको टुङ्गो लाग्ने थियो ।

रोमान्चक खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टरविरुद्ध ०-२ को कठिन जित निकाल्दै तेस्रो स्थानमा रहेर अर्को वर्ष हुने च्याम्पियन्स लिगको लागि छनोट भएको छ । युनाइटेडका लागि खेलमा ब्रुनो फर्नडान्डेज र जेसे लिनगार्डले गोल गरेका हुन् ।

एस्तै चेल्सीले पनि वोल्भ्सविरुद्ध २-० को सहज जित दर्ता गर्दै प्रिमियर लिगमा चौथो स्थानमा रहन सफल भएको छ । पहिलो हाफको थप समयमा माउन्ट र जिरुउडले गरेको गोल चेल्सीको जितको लागि पर्याप्त भयो ।

वोल्भ्सलाई गोलअन्तरमा पछि पार्दै टोटनहम अर्को वर्ष हुने युरोपा कपको लागि छनोट भएको छ ।

गोल्डेन बुट भार्डीको नाम 

सिजनको गोल्डेन बुट भने लेस्टरका फर्वाड जेमि भार्डीले आफ्नो नाममा गरेका छन् । ३३ वर्षिय भार्डीले सिजनमा २३ गोल गर्दै टप स्कोररको शिर्ष स्थानमा रहेका हुन् । उनलाई पछ्याउने क्रममा आर्सनलका अग्रपंक्तिका खेलाडी अवामियाङले २२ गोल गरेका हुन् । आजको खेलमा वाटफर्डविरुद्ध उनले दुई गोल गर्दै भार्डीको गोल्डेन बुटको उपाधी यात्रा केहि अप्ठ्यारो बनाएका थिए । यस्तै डानी इङ्गसले २२ तथा च्याम्पियन टोलिका महत्वपूर्ण सदस्य सलाहले १९ र सिटिका स्ट्रलिङले २० गोल गर्न सफल भएका थिए ।

च्याम्पियन टोलि लिभरपुल, दोस्रो स्थानमा रहेको सिटि, तेस्रो स्थानको युनाइटेड  र चौथो स्थानमा रहन सफल भएको चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा भाग जनाउने छन् । यस्तै लेस्टर सिटि र टोटनहम भने युरोपा कपको लागि छनोट भएका छन् ।

म्यान्चेस्टर सिटिका स्टार खेलाडी केविन डि ब्रुयानले एस सिजनमा २० असिस्ट गर्दै एकै सिजनमा सबै भन्दा धेरै असिस्ट गर्ने कीर्तिमानमा आर्सनलका हेनरीसँग बराबरी गरेका छन् । लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले १३ असिस्ट तथा रोबर्टसनले १२ असिस्ट गरे ।

सिटिका गोलरक्षक एडर्सनले गोल्डेन ग्लोब्स हात पारेका छन् । उनले १६ क्लिन सिट राख्न सफल भएका थिए । सिटिले प्रिमियर लिगको २८ औं संस्करणमा कुल १०१ गोल गरेको छ । च्याम्पियन लिभरपुलले भने ८५ गोल गर्न सफल भएको थियो ।

नर्विच सिटि, बर्नमाउथ र वाटफर्ड भने रेलिगेसनमा पर्दै अर्को वर्ष हुने च्याम्पियनसिपमा सहभागीता जनाउने छन्। आगामी सिजनको प्रिमियर लिग सेप्टेम्बर १२ बाट सुरु भएर मे १६ मा सकिने तालिका रहेको छ । लिड्स युनाइटेड र वेस्ट ब्रुम च्याम्पियनसीपबाट इङ्ग्ल्याण्डको शिर्ष डिभिजनको लिगमा बढुवा भएका छन्।

आजको अन्य खेलहरुमा आर्सनल, लिभरपुल, सिटि र साउथह्याम्प्टन विजयी भए।

२०७७ श्रावण ११, आईतवार मा प्रकाशित