प्ले अफ च्याम्पियन बन्दै फुलहम इंग्लिस प्रिमियर लिगमा फर्कियो

च्याम्पियन्ससिपको प्ले अफ अन्तर्गत मंगलबार राती सम्पन्न फाइनल खेलमा ब्रेन्टफर्डमाथी २-१ को रोमाञ्चक जित दर्ता गर्दै फुलहम आगामी संस्करणको इंग्लिस प्रिमियर लिगको लागि छनोट भएको छ । वेम्ब्ले रंगशालामा भएको खेलमा सबै गोल अतिरिक्त समयमा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा गोलरहित बराबरि भएपछि खेल अतिरिक्त समयमा गएको थियो । जोन ब्रायनले खेलको १०५ औं मिनेटमा गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्रायनले ११७ औं मिनेटमा ब्याक्तिगत दोस्रो गोल गर्दै फुलहमको जित सुरक्षित गराए ।

अतिरिक्त समयमा १२ मिनेटको अन्तरालमा दुई गोल खाएको ब्रेन्टफर्डलाई खेलमा पुनरागमन गर्ने कुनै अवसर थिएन । अन्तिम समयमा ब्रेन्टफोर्डका हेनरिक डाल्सगार्डले गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुगेको थियो । तर, ब्रेन्टफर्डको लागि उक्त गोल निकै ढिलो आयो। अन्तिममा हेनरिकको गोल केवल सान्त्वनामा सिमित बन्यो र ब्रेन्टफर्डको ७३ वर्षपछि इपिएल खेल्ने सपना अधुरो रह्यो ।

फुलहम २०१८/१९ मा रेलिगेसनमा परेर इङ्ग्ल्यान्डको शिर्ष डिभिजन लिगबाट च्याम्पियन्ससिपमा झरेको थियो । तर, एक सिजन पछि फुलहम प्रिमियर लिगमा फर्कन सफल भएको छ । ब्रेन्टफर्ड भने ७३ वर्ष यता प्रिमियर लिगमा छनोट हुन सकेको छैन ।

च्याम्पियससिपबाट यो सिजन लिड्स र बेस्ट ब्रुम अल्वियोन सिधै छनोट हुदा एक स्थानको लागि चार टोली (ब्रेन्टफोर्ड, फुलहम, कार्डिफ सिटी र स्वान्सी सिटी) बीच प्ले अफमा प्रतिस्पर्धा भएको थियो । अर्को संस्करणको इपिएलमा लिड्स, बेस्ट ब्रुम र फुलहम जस्ता नयाँ टिम देखिनेछन् ।

२०७७ श्रावण २१, बुधबार मा प्रकाशित