स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बिहिवार राती च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगसँग खेल्नु अगाडि दुई जना खेलाडीमा कोरोना संक्रमण भएको बताएको छ। यद्यपि, क्लबले कोरोना संक्रमित खेलाडीको नाम भने गोप्य नै राखेको छ ।
पोर्चुगलको लिस्बन प्रस्थान गर्नु अगाडि म्याड्रिडमा शनिबार कोरोना प्रशिक्षण गर्दा दुई जना खेलाडीमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित खेलाडीहरुलाई क्वारेन्टिनमा राखिएको छ । उनिहरुलाई कोरोना देखिएपछि क्लबले पोर्चुगलको यात्रा केहीपछि गर्ने छ ।
“दुई जनामा कोरोना देखिएपछी प्रशिक्षणको तालिकामा फेरबदल हुनेछ । क्वाटरफाइलको लागि पोर्चुगलको यात्रा पनि केही भिन्न तरिकाले गरिने छ र लिस्बनमा पनि छुट्टै रुपले बस्ने छौ । क्लबले युरोपेली फुटबल संघ (युइएफए)सँग खेल केही अबधिको लागि पछि सार्न र नयाँ तालिका बनाउन आग्रह गर्नेछ । नयाँ तालिका बनाएको खण्डमा हामि सार्वजनिक गर्नेछौ।”एट्लेटिको म्याड्रिडले बताएको छ ।
Atletico Madrid say two individuals have tested positive for coronavirus before Thursday’s Champions League quarter-final against RB Leipzig.
More: https://t.co/fAfS2bQQq6#bbcfootball pic.twitter.com/fjA8BerPnT
— BBC Sport (@BBCSport) August 9, 2020
कोरोना भाइरसको महामारीको कारण च्याम्पियन्स लिगको अन्तिम ८ का खेलहरु पोर्चुगल स्थित लिस्बोनमा बन्द रंगशालामा हुदैछ । जारी संस्करणको क्वाटरफाइनल र सेमिफाइनलको खेल एक लेगमा समाप्त हुनेछ ।
यसअघि एट्लेटिको म्याड्रिडले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई समग्रमा ४-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
क्वाटरफाइलमा एट्लेटिको म्याड्रिड र आरबी लाइप्जिङ बिचको विजेता टोलिले सेमिफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी) र एट्लान्टा बिचको विजेता टोलिसँग प्रतिस्पर्धा गर्नेछ ।
