युईएफ च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्धा गर्दै छन् । लिस्बनमा भएको खेलको पहिलो हाफमा बार्यनले ४-१ को विशाल अग्रता बनाएको छ ।
खेलको ४ औं मिनेटमा लेवान्डोस्कीको पासमा मुलरले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको ३ मिनेटपछि अलावाले आत्मघाती गोल बेहोर्दै बार्सिलोनाले खेलमा फर्किने अवसर पाएको थियो ।
२१ औं मिनेटको खेलमा पेरिसिकले गोल गर्दै बार्यनलाई पुनः अग्रता दिलाएका थिए । निकै फितलो डिफेन्स गरेको बार्साले पहिलो हाफमा धेरै गोल बेहोरेको छ ।
२७ औं मिनेटको खेलमा गिनाब्रिले गोल गर्दै बार्यनलाई ३-१ को विशाल अग्रतातिर डोर्याएका थिए । पहिलो गोल गरेका मुलरले ३१ औं मिनेेटको खेलमा ब्ययक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ४-१ को एकपक्षीय खेलतिर अग्रसर बनाएका छन् ।
खेलमा बार्यन म्युनिख निकै हावी देखिन्छ। खेलमा फर्कन बार्सिलोनालाई चमत्कारी खेलको खाँचो छ ।
बार्यन र बार्साबिचको विजेता टोलिले सेमिफाइनलमा सिटि र लियोनबिचको विजेतासँग सेमिफाइनल प्रवेश गर्नको लागि प्रतिस्पर्धा गर्ने छ ।
