इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा लेस्टर सिटी आफ्नो घरेलु मैदानमा फुलहमसँग स्तब्ध बनेको छ। किंग पावर स्टेडियममा भएको खेलमा भ्रमण टोलि फुलहमले लेस्टरमाथि २-१ को जित निकालेको हो। फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले समान १-१ गोल गरे। लेस्टरका हार्भे बार्नेसले गरेको एकमात्र गोल सान्त्वनामा सिमित बन्यो। जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको फुलहम रेलिगेसन जोनबाट माथि उक्लिएको छ।
पहिलो हाफमा फुलहमले २ गोलको अग्रता बनाएको थियो। ३० औं मिनेटमा एडेमोला लुकमानले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाए। एन्ड्रे फ्रान्क जाम्वाएनगुइसाको थ्रु पासमा उनले वन भर्सेस वनको स्थितिमा लेस्टरका गोलरक्षकलाई बिट गर्दै सानदार गोल गरेका थिए। ३८ औं मिनेटमा फुलहमले पेनाल्टीको सहायतामा आफ्नो अग्रता दोब्बर पार्यो। भारको सहयोगमा फुलहमले पेनाल्टी पाएको थियो जसमा काभालेइरोले कुनै गल्ति गरेनन्। पछिल्लो साता फुलहमले एभर्टनविरुद्ध आफ्नो घरेलु मैदानमा ३-२ को हार बेहोर्दा उनि पेनाल्टीमा चुकेका थिए। लिग अन्तर्गत पाएको पछिल्लो ८ पेनाल्टीमा फुलहम ५ पटक गोल गर्न चुकेको थियो।
Fulham pick up their first #PL away win of the season with an impressive performance at Leicester#LEIFUL pic.twitter.com/8Y68IVwwTB
— Premier League (@premierleague) November 30, 2020
८६ औं मिनेटको खेलमा हार्भे बार्नेसले गरेको गोल सान्त्वनामा सिमित बन्यो। जेमी भार्डीले पेनाल्टी क्षेत्रभित्र चेस्ट गर्दै मिलाएको पासमा उनले भलीमार्फत गोल गरेता पनि टिमलाई हारबाट जोगाउन असर्थ रहे। फुलहमले उत्कृष्ट डिफेन्डिंग गर्दै महत्वपूर्ण जित निकाल्न सक्यो।
लेस्टरले ३ अंक बटुल्दै शीर्ष दुईमा रहेको टोटेनहम हस्टपर र लिभरपुलसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ। हार बाबजुद १० खेलमा १८ अंक बटुलेको लेस्टर अंकतालिकाको चौथौं स्थानमा यथावत छ। यस्तै, १० खेलमा ७ अंक जोडेको फुलहम १७ औं स्थानमा उक्लदै रेलिगेसन जोनबाट मुक्त भएको छ। समान २१ अंक जोडेको टोटेनहाम र लिभरपुल क्रमशः शिर्ष र दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेको चेल्सीको १९ अंक छ।
