भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत अन्तिम खेल मेनुका ओभल, क्यानबेर्रामा सुरु भएको छ। अघिल्लो दुवै खेल जित्दै घरेलु टिमले सिरिज २-० ले जितीसकेको छ। भारतको लागि आजको खेल प्रतिष्ठा लागि हुनेछ।
खेलमा भारतले टस जितेर ब्याटिंग रोजेको छ। अघिल्लो दुवै खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिंग रोजेको थियो।
टस जितेपछि भारतीय कप्तान बिराट कोहलीले विकेट राम्रो भएको र ब्याटिंग गर्नको लागि सहज हुने विश्वास गरे। उनले राम्रो योगफल बनाएर अस्ट्रेलियालाई दबाब दिने बताए। कोहलीले खेलाडीहरुको ‘बडी ल्यांगवेज’ मा सुधार हुनुपर्ने बताए। कोहलीले पछिल्लो २ खेलमा हारको कारणले यो खेलमा केहि नयाँ प्रयोग गर्ने बताए।
भारतले आफ्नो अन्तिम-११ मा शुबमन गिल, शार्दुल ठाकुर, कुलदिप यादब र टि नटराजनलाई मौका दिएको छ। मायाँक अग्रवाल, मोहम्मद शामी, युजभेन्द्र चाहल र नभदिप सैनीलाई बाहिर राखिएको छ। डेब्यु गर्न लागेका टि नटराजन भारतले हालसम्म खेलेको ९९० एकदिवसीय अन्तर्राष्ट्रियमा मौका पाउने मात्र ११ औं बायाँ हाते पेस बलर हुन्।
A massive day for @Natarajan_91 today as he makes his #TeamIndia debut. He becomes the proud owner of ? 232. Go out and give your best, champ! #AUSvIND pic.twitter.com/YtXD3Nn9pz
— BCCI (@BCCI) December 2, 2020
भारतको अन्तिम ११ : शिखर धवन , शुबमन गिल, बिराट कोहली ( कप्तान ) , श्रेयस ऐयर, केएल राहुल ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादब, जस्प्रित बुम्राह, टि नटराजन
अस्ट्रेलियाका कप्तान आरोन फिन्चले अन्तिम खेलमा पनि जितको लागि हर प्रयास गर्ने बताए। अस्ट्रेलियाले पनि टिममा तिन वटा परिवर्तन गरेको छ। क्यामरन ग्रिन, सीन एबोट र एस्टन एगरलाई मौका दिईएको छ भने मिचेल स्टार्क, डेभिड वार्नर र प्याट कमिन्स बाहिर छन्। वार्नर दोश्रो खेलको दौरान घाइते भएपछि आगामी टि-२० सिरिजबाट समेत बाहिर भएका छन्। आज वार्नर नहुँदा लाबूसेनले ओपनिंग ब्याटिंग गर्ने फिंचले बताएका छन्।
अस्ट्रेलियाको अन्तिम ११ : आरोन फिंच ( कप्तान ) मार्नस लाबूसेन, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मोईसेस हेन्रिक्स, एलेक्स केरी ( विकेटकिपर ) , क्यामरन ग्रिन, एस्टन एगर, सिन एबोट, एडम जाम्पा, जोश हेजलवुड
सिरिज अन्तर्गत अस्ट्रेलिया पहिलो एकदिवसीयमा ६६ तथा दोश्रो एकदिवसीयमा ५१ रनले विजयी भएको थियो।
यो पनि पढ्नुस :-
मलान चम्किदा इंग्ल्यान्डको सिरिज क्लिन स्विप, बन्यो साझेदारीको नयाँ विश्वकीर्तिमान
टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम
टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम
प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता पुष दोश्रो साता आयोजना हुने
