चितवनमा जारि गौतम बुद्ध कप प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा नारायणी र राप्ती प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिमले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरिसकेका छन्।
खेलमा टस जितेर ब्याटिंग गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाउदै राप्तीलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नारायणीको लागि नवौं नम्बरमा ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक ३६ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान करन केसीले २२ बलमा ३ छक्का र १ चौका मद्दतले ३२ रन बनाए। सुशन भारिले १८, रित गौतमले १३, इशान पाण्डेले १० रन बनाए। आरिफ शेख र सिद्धान्त लोहनीले समान ८ रन बनाए भने सन्दिप जोराले १ रन बनाए।
कमजोर सुरुवात गरेको नारायणीले पहिलो ४ विकेट २८ रनको योगफलमै गुमाउन पुग्यो। राजु रिजाल दोश्रो ओभरमा रन आउट भए जसपछि दोश्रो ओभरमा सन्दिप जोरालाई सुर्य तामांगले क्याच आउट गराए। सातौँ ओभरमा रित गौतमलाई जितेन्द्र मुखियाले आफैद्वारा क्याच आउट गराए भने लगत्तै ओभरमा इशान पाण्डेलाई कमल ऐरीले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए।
त्यसपछि पनि नारायणीको विकेट जाने शिलशिला थामिएन। सिद्धान्त लोहनीलाई ११ औं ओभरमा सुर्य तामांगले एलबिडब्लु आउट गरे। १३ औं ओभरमा आरिफ शेखलाई भुवन कार्कीले बोल्ड गरे।
तल्लो क्रममा सुशन भारि, करन केसी र किशोर महतोले आक्रामक सटहरु खेल्दै टिमको योगफल १ सय पार गराए।
किशोर महतोले गरेको १९ औं ओभरमा उनले २३ रन खर्चिए जुन ओभरको पहिलो बलमा करन केसीले छक्का हिर्काए भने त्यसपछि तेश्रो, चौथो र पाँचौ बलमा किशोर महतोले २ छक्का र १ छक्का लगातार प्रहार गरे। अन्तिम ३ ओभरमा नारायणीले ४९ रनको साझेदारी गरे। किशोर र करनले आठौँ विकेटको लागि ४९ रनको साझेदारी गरे। केसी अन्तिम बलमा अविनाश बोहराबाट क्याच आउट भए।
राप्तीको बलिंगमा सुर्य तामांग ( ४-०-२७-२ ) र अविनाश बोहरा ( ४-०-४१-२ ) ले समान २ विकेट लिए भने जितेन्द्र मुखिया, कमल ऐरी र भुवन कार्कीले समान १ विकेट लिए।
