बुम्राह र आश्विन चम्किदा अस्ट्रेलिया १९५ मा अलआउट

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत चार वटा टेस्टको सिरिज अन्तर्गत दोश्रो बक्सिंग डे टेस्ट मेलबर्नमा सुरु भएको छ। सिरिजमा अस्ट्रेलिया १-० ले अघि रहेको छ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले पहिलो इनिंगमा १९५ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

घरेलु टोलिको लागि मार्नस लाबुसेनले सर्व्धिक ४८, ट्राभीस हेडले ३८, म्याथु वेडले ३० तथा नाथन लायनले २० रन योगदान दिए। कप्तान टिम पेनले १३ तथा क्यामरन ग्रिनले १२ रन बनाए। जोए बर्न्स र स्टिभ स्मिथले खाता खोल्न सकेनन्।

खराब सुरुवात गरेको अस्ट्रेलियाले पहिलो ३ विकेट ३८ रनको स्कोरमा गुमाएको थियो। चौथो विकेटको लागि लाबुसेन र ट्राभिस हेडले ८६ रनको साझेदारी गरेका थिए। तर हेडको विकेट पछि अस्ट्रेलियाले पुनः नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो।

भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट ( १६-४-५६-४ ) लिए। यस्तै रभीचन्द्रन आश्विनले ३ विकेट ( २४-७-३५-३ ) तथा डेब्यु गरिरहेका फास्ट बलर मोहम्मद सिराजले २ विकेट ( १५-४-४०-२ ) र रभीन्द्र जडेजाले १ विकेट ( ५.३-१-१५-१ ) लिए।

२०७७ पुष ११, शनिबार मा प्रकाशित