भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत दोश्रो टेस्टमा घरेलु टोलिले जितको लागि भारतलाई ७० रनको लक्ष्य प्रस्तुत गरेको छ। ४ टेस्टको सिरिजमा १-० ले पछाडी रहेको भारतलाई जित सहित सिरिज बराबरी गर्ने अवसर रहेको छ।
अस्ट्रेलियाले खेलको पहिलो इनिंगमा १९५ रन बनाएपछि भारतले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो जसपछि अस्ट्रेलियाले दोश्रो इनिंगमा २०० रन बनाउन सक्यो।
टेस्टको तेश्रो दिन समाप्तिमा १३३/६ को अवस्थामा रहेको अस्ट्रेलियाले चौथो दिन विहानी सत्रमा बाँकी ४ विकेट गुमाउदा थप ७७ रन योगफलमा जोडेको हो।
दिनको समाप्तिमा क्रिजमा १७ रन बनाएर अविजित रहेका क्यामरन ग्रिनले ४५ रन बनाएर अग्रता बढाए। प्याट कमिन्सले २२, मिचेल स्टार्कले १४ तथा जोश हेजलवुडले १० रन बनाए।
चौथो दिन ४ मध्ये मोहम्मद सिराजले ग्रिन र लायनको विकेट लिए भने जस्प्रित बुम्राहले कमिन्सको र हेजलवुडको रभीचन्द्रन आश्विनले विकेट लिए।
भारतको बलिंगमा मोहम्मद सिराजले सर्वाधिक ३ विकेट ( २१.३-४-३७-३ ) लिए भने जस्प्रित बुम्राह ( २७-६-५४-२ ) , रभीचन्द्रन आश्विन ( ३७.१-६-७१-२ ) र रभिन्द्र जडेजाले ( १४-५-२८-२ ) समान २ विकेट लिए। उमेश यादवले १ विकेट लिए।
