दाङमा जारि महिला प्रधानमन्त्री कप रष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पाँचौ खेलमा सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गरीरहेका छन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको सुदुरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाउदै बागमतीलाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुदूरपश्चिमको लागि डली भट्टले सर्वाधिक अविजित २८ रन बनाउने क्रममा आक्रामक ब्याटिंग गर्दै मात्र १४ बलमा २८ रन बनाईन् जुन क्रममा २ चौका र २ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले अविजित १९ तथा कविता जोशीले १२ रन योगदान दिए।
३९ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गर्न आएकी डलीले १० औं ओभरमा खुसि डंगोललाई १ चौका र १ छक्का तथा ११ औं ओभरमा अस्मिना कर्माचार्यलाई १ चौका र १ छक्का प्रहार गरेकी थिईन्।
डली र कविताले पाँचौ विकेटको लागि १६ बलमा ३७ रनको साझेदारी गरे।
बागमतीको बलिंगमा लेग स्पिनर आरति बिडारीले सर्वाधिक ३ विकेट हात परिन् जुन क्रममा २ ओभरमा १३ रन खर्चिन्। निशा तामांगले १ विकेट हात पारिन्।
बागमती र सुदुरपश्चिम मध्ये जारि खेलमा विजयी हुने टिम सेमीफाइनल पुग्नेछ। समुह ‘बि’ बाट प्रदेश-१ ले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। समुह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमीफाइनल पुगीसकेको छ।
