युएईमा जारि अन्डर-१९ एसिया कप अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाल कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ।
दुबई स्थिति आईसीसी एकेडेमी मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा २३९ रनमा सबै विकेट गुमाएर कुवेतलाई २४० रनको लक्ष्य दिएको छ।
नेपालको लागि बसिर एहमदले सर्वाधिक ५६ रन, बिबेक राना मगरले ५० रन आदील आलमले ४९ रन, शेर मल्लले २१ रन तथा दिपेश कंडेलले १५ रन योगदान दिए। २७ रनमा ३ विकेट गुमाएको अवस्थामा बिबेक र बसिरले ९२ रनको साझेदारी गरेका थिए। आठौँ विकेटको लागि आदील आलम र शेर मल्लले ६९ रन जोडे।
कुवेतको बलिंगमा मिर्हा एहमद र अब्दुल सदिकले समान तिन विकेट तथा हेनरी थोमस र मोहम्मद बस्ताकीले समान दुई विकेट लिए।
प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासंग क्रमशः १५४ र ६० रनले पराजित हुंदै नेपालको सेमीफाइनल पुग्ने समाप्त भैसकेको छ। समुह ‘बि’ बाट बंगलादेश र श्रीलंका सेमीफाइनल पुग्दा दुवै खेलमा हार बेहोरेको कुवेतको पनि अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भैसकेको छ। प्रतियोगिताको समुह ‘ए’ बाट पाकिस्तान र भारत सेमीफाइनल प्रवेश गरिसकेका छन्।
