एजेन्सी-स्पेनिस क्लब रियल मड्रिडले युभेन्ट्सका स्टार स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न ९० मिलियन पाउण्ड भन्दा बदीको प्रस्ताव युभेन्ट्सलाई गर्ने भएको छ ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर डिबाला पनि रियल आउन इच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकोछ ।
‘डिबाला अनुबन्ध गर्न धेरै क्लबहरु इच्छुक देखिएका बेला रियल पनि अघि सरेको छ । रियलले डिबालालाई सेन्टर फरवार्डको रुपमा आफ्नो क्लबमा अनुबन्ध गर्न लागेको बताइएको छ ।
युभेन्ट्स सहमत भए रियलले डिबालालाई यस सिजनको समरमा अनुबन्ध गर्ने बताईएको छ । पछिल्लो समय डिबाला युभेन्ट्सबाट अन्य क्लब जान खोजिरहेका छन् ।
र, डिबाला भित्र्याउन इन्ग्लिश क्लब म्यानचेस्टर सिटि, युनाईटेड र वायर्न म्युनिख समेत इच्छुक देखिएका छन् । सन् २०१५ मा क्लब आएका डिबालाले युभेन्ट्सबाट ११६ खेलमा ५४ गोल गरिसकेका छन् ।
