अनक्याप्टड भारतीय खेलाडी आभेस खान, शाहरुख खान, राहुल तेवतिया, शिभम माभी र राहुल त्रिपाठीले आईपीएल मेगा अक्सनमा महँगो मूल्य पाएका छन्।
फास्ट बलर आभेस खान अनक्याप्टड खेलाडी मध्ये सबैभन्दा धेरै १० करोड भारुमा बिक्रि भएका छन्। फास्ट बलर खानले गत सिजन दिल्लीको लागि खेल्ने क्रममा १६ खेलमा २४ विकेट लिएका थिए।
भारतको बैंगलोरमा सम्पन्न अक्सनको पहिलो दिन दायाँ हाते ब्याट्सम्यान शाहरुख खानलाई पन्जाब किंग्सले तथा लेग स्पिन अलराउण्डर राहुल तेवतियालाई गुजरात टाईटन्सले समान ९ करोड भारु खर्चेर टिममा भित्र्याएको छ। यस्तै फास्ट बलर शिभम माभीलाई कोलकाता नाईट राइडर्सले ७.२५ करोड भारु तथा ब्याट्सम्यान राहुल त्रिपाठीलाई सनराइजर्स हैदरावादले ८.५ करोड भारुमा लिएको हो।
तामिलनाडुका शाहरुखले गत सिजन आईपीएल पन्जाबको लागि खेलेका थिए जसले आफ्नो बेस प्राइस मात्र ४० लाख भारु राखेका थिए। उनलाई पन्जाबले बेस प्राइस भन्दा २० गुणा बढी तिरेर किनेको हो। गत सिजन उनले ११ खेल खेल्दा २१.९ को औशतले १५३ रन बनएका थिए जुन क्रममा उनको उच्च स्कोर ४७ रन थियो। यस अघि राजस्थान रोयल्सको लागि खेलेका अलराउण्डर तेवतियाले ४८ आईपीएल खेलमा ३२ विकेट लिनुको साथै २३.६८ को औशतमा ५२१ रन बनाएका छन्। शिभम मभिले २६ आईपीएल खेलमा २५ विकेट लिएका छन् भने राहुल त्रिपाठीले ६२ खेलमा २६.१३ को औशतमा १,३८५ रन बनाएका छन्।
जारि अक्सनमा नेपालका कप्तान सन्दिप लामिछाने सहित सुरेश रैना, स्टिभ स्मिथ, इमरान ताहिर, मुजिब उर् रहमान, आदील रशिद, शाकिब अल हसन, डेभिड मिलर, मोहम्मद नाबी , स्याम बिलिंग्स, उमेश यादव र म्याथु वेड अनसोल्ड भएका छन्।
कुन टिमले कुन खेलाडी कतिमा किन्यो
मुम्बई इन्डीएन्स : इशान किशन ( १५ करोड २५ लाख भारु ) , डेवाल्ड ब्रेभिस ( ३ करोड भारु ) , मुरुगन आश्विन ( १.६ करोड भारु ) , बसिल थम्पी ( ३० लाख भारु ) ,
कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर ( १२ करोड २५ लाख भारु ) , नितिश राना ( ८ करोड भारु ) , प्याट कमिन्स ( ७ करोड २५ लाख भारु ) , शिभम माभी ( ( ७ करोड २५ लाख भारु ) , शेल्डन ज्याकसन ( ६० लाख भारु )
लखनउ सुपर जायन्टस : आभेस खान ( १० करोड भारु ), जेसन होल्डर ( ८ करोड ७५ लाख भारु ), क्विन्टन डीकक ( ६ करोड ७५ लाख भारु ) , क्रुनाल पान्ड्या ( ८ करोड २५ लाख भारु ) , दिपक हुडा ( ५ करोड ७५ लाख भारु ), मनिष पाण्डे ( ४ करोड ६० लाख भारु ) , मार्क वुड ( ७.५ करोड भारु ), अंकित राजपुत ( २० लाख भारु ) ,
पन्जाब किंग्स : कागीसो रबाडा ( ९ करोड २५ लाख भारु ) , शाहरुख खान ( ९ करोड भारु ), शिखर धवन ( ८ करोड २५ लाख भारु ) ,जोनी बेयरस्टो ( ६ करोड ७५ लाख भारु ) , राहुल चाहर ( ५ करोड २५ लाख भारु ), हरप्रित ब्रार ( ३.८ करोड भारु ) , प्रभसिमरन सिंह ( ६० लाख भारु ) , जितेश शर्मा ( २० लाख भारु ) , इशान पोरेल ( २५ लाख भारु ) ,
राजस्थान रोयल्स : प्रसिध कृष्णा ( १० करोड भारु ), युजभेन्द्र चहल ( ६ करोड ५० लाख भारु ), शिमरन हेटमायर ( ८ करोड ५० लाख भारु ) , ट्रेन्ट बोल्ट ( ८ करोड भारु ) , देभदत्त पडीक्कल ( ७ करोड ७५ लाख भारु ) , रभीचन्द्रन आश्विन ( ५ करोड भारु ) , रियान पराग ( ३.८ करोड भारु ) , केसी करीएप्पा ( २० लाख भारु )
रोयल च्यालेन्जर्स बैंगलोर : वानिन्दु हसरंगा ( १० करोड ७५ लाख भारु ) , हर्षल पटेल ( १० करोड ७५ लाख भारु ) फाफ डु प्लेसिस ( ७ करोड भारु ), दिनेश कार्तिक ( ५ करोड ५० लाख भारु ) , जोश हेजलवुड ( ७.७५ करोड भारु ) , अनुज रावत ( ३.४ करोड भारु ) , शाहबाज एहमद ( २.४ करोड भारु ) , अक्ष दिप ( २० लाख भारु )
सनराइजर्स हैदरावाद : निकोलस पुरन ( १० करोड ७५ लाख भारु ) , वासिंगटन सुन्दर ( ८ करोड ७५ लाख भारु ) , राहुल त्रिपाठी ( ८.५ करोड भारु ), अबिशेख शर्मा ( ६.५ करोड भारु ) , टि नटराजन ( ४ करोड भारु ) , भुवनेश्वर कुमार ( ४.२ करोड भारु ), कार्तिक त्यागि ( ४ करोड भारु ) , श्रेयस गोपाल ( ७५ लाख भारु ) , प्रियम गर्ग ( २० लाख भारु ) , जगदीश सुचित ( २० लाख भारु )
चेन्नाई सुपर किंग्स : दिपक चाहर ( १४ करोड भारु ) अम्बाती रायडु ( ६ करोड ७५ लाख भारु ), रोबिन उथप्पा ( २ करोड भारु ) , ड्वेन ब्राभो ( ४ करोड ४० लाख भारु ) , केएम आसिफ ( २० लाख भारु ) , तुषार देशपाण्डे ( २० लाख भारु ) ,
दिल्ली क्यापिटल्स : शार्दुल ठाकुर ( १०.५ करोड भारु ) , डेभिड वार्नर ( ६ करोड २५ लाख भारु ), मिचेल मार्श ( ६ करोड ५० लाख भारु ) , कुलदिप यादव ( २ करोड भारु ) , मुस्तफिजुर रहमान ( २ करोड भारु ), कमलेश नगरकोटी ( १.१ करोड भारु ) , अश्विन हेब्बर ( २० लाख भारु ) , केएस भारत ( २ करोड भारु ) ,
गुजरात टाईटन्स : लकी फर्गुसन ( १० करोड भारु ), राहुल तेवतिया ( ९ करोड भारु ), मोहम्मद शामी ( ६ करोड २५ लाख भारु ), आर साई किशोर ( ३ करोड भारु ) जेसन रोय ( २ करोड भारु ) , अबिनभ मनोहर ( २.६ करोड भारु ) , सरफराज खान ( २० लाख भारु ) , नुर एहमद ( ३० लाख भारु )
